नेपालद्वारा मलेसियासामु ८५ रनको लक्ष्य प्रस्तुत

नेपालका सीता रानामगरले सर्वाधिक ३८ रनको योगदान दिइन्। उनी ५४ बलमा नटआउट रहिन्।

काठमाडौँ– मलेसियामा जारी आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया क्षेत्र छनोटमा नेपालले मलेसियासामु ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको हो।

नेपालका सीता रानामगरले सर्वाधिक ३८ रनको योगदान दिइन्। उनी ५४ बलमा नटआउट रहिन्। अप्सरी बेगमले १७, कप्तान रुविना क्षेत्रीले १२ तथा पूजा महतोले ५ रन बनाए। 

मलेसियाका अइन्ना हसिमले २ तथा इज्जाति इस्माइल, एलिसा फर्दाउज र नुर अटिलाले समान १/१ विकेट लिए। 

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।