नेपालका कविता जोशी र कविता कुँवरले समान २/२ विकेट लिए। सीता रानामगरले सर्वाधिक ३८ रनको योगदान दिइन्।
काठमाडौँ– मलेसियामा जारी आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया क्षेत्र छनोटमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको छ।
बिहीबार बिहान सम्पन्न खेलमा ८५ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो। मलेसियाका कप्तान विनिफर्ड दुराइसिंघमले सर्वाधिक २८ रन बनाइन्। अइन्ना हसिमले १४ तथा मास इलिसाले १० रनको योगदान दिए।
नेपालका कविता जोशी र कविता कुँवरले समान २/२ विकेट लिए। कप्तान रुविना क्षेत्री र अस्मिना कर्माचार्यका नाममा १/१ विकेट रह्यो।
त्यसअघि क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको हो।
नेपालका सीता रानामगरले सर्वाधिक ३८ रनको योगदान दिइन्। उनी ५४ बलमा नटआउट रहिन्। अप्सरी बेगमले १७, कप्तान रुविना क्षेत्रीले १२ तथा पूजा महतोले ५ रन बनाए।
मलेसियाका अइन्ना हसिमले २ तथा इज्जाति इस्माइल, एलिसा फर्दाउज र नुर अटिलाले समान १/१ विकेट लिए।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
