दक्षिण अफ्रिकास्थित आवासीय भवनमा आगलागी, २० जनाको मृत्यु

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको हो। आगलागीको कारण खुल्न सकेको छैन।

दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित आवासीय भवनमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ। अन्य ४३ जना घाइते भएका छन्।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका अधिकारीका अनुसार हालसम्म २० जनाको शव फेला परेको छ।

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। आगलागीको कारण खुल्न सकेको छैन।