अस्ट्रेलियाली क्रिकेट टोली छनोटकर्ता टोनी डोडामेडले टिम डेभिडको क्षमता हेर्न टोलीमा राखिएको जानकारी दिएका छन्।
काठमाडौँ– विस्फोटक ब्याट्सम्यान टिम डेभिडलाई दक्षिण अफ्रिकाविरुद्ध हुने एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि अस्ट्रेलियाले टोलीमा बोलाएको छ। बुधबार नै उनले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० आईमा २८ बलमा ६४ रनको विस्फोटक इनिङ्स खेलेका थिए। टी–२० आई सिरिजपछि उनी सीपीएल खेल्न वेस्ट इन्डिज जाने तय थियो। तर, क्रिकेट अस्ट्रेलियाले उनलाई ओडीआई टोलीमा बोलाएको हो।
डेभिडले १६ लिस्ट ‘ए’ खेल खेलेका छन्। ७४५ रन बनाएका उनको औसत ८२.७७ र स्ट्राइक रेट १२३.१४ रहेको छ। एक खेलबाहेक अन्य उनले सिंगापुर र सरेबाट खेलेका हुन्।
भारतमा हुने आसन्न एक दिवसीय विश्वकप खेल्ने टोलीमा उनको नाम छैन। यद्यपि, यो छनोटसँगै उनी विश्वकपपछि अस्ट्रेलियाको ओडीआई टोलीमा हुने देखिन्छ। अस्ट्रेलियाली टोली छनोटकर्ता टोनी डोडामेडले उनको क्षमता हेर्न टोलीमा राखिएको जानकारी दिए। “टी–२० सिरिज खेल्न डेभिड दक्षिण अफ्रिकामा छन्। एक दिवसीयमा कस्तो प्रदर्शन गर्न सक्छन् भनेर हामीले हेर्न चाहेका हौँ। उनीमा इनिङ्सको अन्त्यतिर थप आक्रामक खेल्न सक्ने क्षमता छ,” उनले भने।
पहिलो सन्तानको जन्म भएसँगै ग्लेन म्याक्सवेल ओडीआई टोलीमा हुने छैनन्। यसअघि उनी खुट्टाको चोटका कारण दक्षिण अफ्रिकासँगको टी–२० सिरिजबाट पनि बाहिरिएका थिए। नाडीको चोटबाट संघर्ष गरिरहेका स्टिभ स्मिथ पनि यो टोलीमा छैनन्। स्मिथको स्थानमा मार्नस लाबुस्चेन खेलिरहेका छन्। यद्यपि, उनी पनि विश्वकप खेल्ने टोलीमा छैनन्। तिघ्राको चोटबाट निको भइरहेका मिचेल स्टार्क पनि टोलीबाट बाहिर छन्।
नाडीको चोटमुक्त भइरहेका कप्तान प्याट कमिन्स दक्षिण अफ्रिकाविरुद्धको ओडीआई टोलीमा आवद्ध हुनेछन्। तर, उनले खेल्ने सम्भावना भने छैन। यस्तो अवस्थामा मिचेल मार्स टोलीको कप्तान रहनेछन्। दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको ओडीआई सिरिज सेप्टेम्बर ७ देखि शुरू हुने छ।
अस्ट्रेलियाको टोली : प्याट कमिन्स, सिन एबोट, एस्टन आगर, एलेक्स क्यारी, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रीन, आरोन हार्डी, जोस ह्याजलवुड, ट्राभिस हेड, जोस इन्गिल्स, स्पेन्सर जोन्सन, मार्नस लाबुस्चेन, मिचेल मार्स, तनवीर संघा, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
