कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भूभागमा हल्का वर्षा हुनेछ। 

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। 

साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यूनचापीय प्रणाली विकसित भइरहेको छ।

जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भूभागमा हल्का वर्षा हुनेछ। 

राति कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

बाँकी भूभागको एक–दुई स्थानमा भने हल्का वर्षा हुने महाशाखाले जनाएको छ।