च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख एकै समूहमा

सिजनको विजेता म्यानचेस्टर सिटी समूह ‘जी’मा परेको छ। सो समूहमा आरबी लाइपजिग, रेड स्टार बेलग्रेड र योङ ब्वाइज छन्। 

काठमाडौँ– म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख युरोपेली च्याम्पियन्स लिगको एउटै समूहमा परेका छन्।

मोनाकोमा बिहीबार राती भएको ड्रमा यी दुई टोली समूह ‘ए’मा परेका हुन्।

उक्त समूहमा बार्यन र युनाइटेडसँगै कोपनहेगन एफसी र टर्कीको गालातासाराय परेका छन्।

यसैगरी, गत सिजनको विजेता म्यानचेस्टर सिटी समूह ‘जी’मा परेको छ।

सो समूहमा आरबी लाइपजिग, रेड स्टार बेलग्रेड र योङ ब्वाइज छन्। 

फ्रान्सको लिग विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) भने समूह ‘एफ’मा रहेको छ।