भोजपुरको तुङ्‌गेछा केन्द्रबिन्दु भएर भूकम्प

भोजपुरको तुङ्‌गेछा केन्द्रबिन्दु भएर शुक्रबार बिहान १ः११ मिनेट जाँदा चार म्याग्निच्यूडको भूकम्प गएको छ।

काठमाडौँ– भोजपुरको तुङ्‌गेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शुक्रबार बिहान १ः११ मिनेट जाँदा चार म्याग्निच्यूडको भूकम्प गएको हो। 

यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ म्याग्निच्यूडको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। 

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।