गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा शुक्रबार बिहान सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
गोरखा– गोरखा–आँबखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।
गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा शुक्रबार बिहान सुक्खा पहिरो खसेर सडक पुरेको हो।
पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको गोरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिए। सुक्खा पहिरो पन्छाउन समय लाग्ने उनको भनाइ छ।
अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउन शुरू गरिएको छ। गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको एसपी श्रेष्ठको भनाइ छ।
पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमा नै रोकिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
