सिटीका मुख्य प्रशिक्षक पेप गार्डिओला र लायोनेसेसका मुख्य प्रशिक्षक सरिना विग्म्यानले सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्।
काठमाडौँ– लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटीका फरवार्ड एर्लीङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन्।
बिहीबार राति मोनाकोमा च्याम्पियन्स लिगको समूह चरणको ड्रमा भएको अवार्ड समारोहमा नर्वेका स्टार हालान्डलाई उपाधि प्रदान गरिएको थियो। महिलातर्फ भने स्पेनकी आइटाना बोनमाटी सर्वोत्कृष्ट भएकी छन्।
हालान्ड आफ्नो डेब्यू सिजनमा म्यानचेस्टर सिटीबाट ट्रेबल जितेर सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। बोनमाटीले भने बार्सिलोनाबाट महिला महिला च्याम्पियन्स लिग, स्पेनिस शीर्ष डभिजनको उपाधि, सुपरकोपा र स्पेनबाट २०२३ को फिफा महिला विश्वकप पनि जितेकी थिइन्। उनी विश्वकपमा उत्कृष्ट खेलाडीसमेत चुनिएकी थिइन्।

यस्तै, सिटीका मुख्य प्रशिक्षक पेप गार्डिओलाले उत्कृष्ट पुरुष प्रशिक्षक र लायोनेसेसका मुख्य प्रशिक्षक सरिना विग्म्यानले महिला टोलीको उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते। उनकै प्रशिक्षणमा इंगल्यान्ड महिला विश्वकपको फाइनलमा पुगेको थियो।
हालान्डले अर्जेन्टिनी स्टार मेस्सी र आफ्नै टिमका केभिन डी ब्रुएनालाई पछि पारे। उनले पहिलो सिजनमा नै प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगसहित ट्रेबल जितेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
