आक्रमणका क्रममा धेरै धारिला हतियार जफत गरेको र धार्मिक सम्प्रदायका नेतासहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीले बताएका छन्।
कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा संयुक्त राष्ट्रसंघविरोधी प्रदर्शनमा कम्तीमा ५० जनाको मृत्यु भएको छ।
बुधबार कंगोका सैनिकले गोमा शहरमा राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए। स्थानीय सञ्चार माध्यमले शुरूमा १० जनाको मृत्यु भएको जनाएका थिए। तर, सुरक्षा अधिकारीले पुष्टि गरेको सेनाको आन्तरिक दस्ताबेजमा प्रहरीसहित ५० जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ।
आक्रमणका क्रममा धेरै धारिला हतियार जफत गरेको र सम्प्रदायका नेतासहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीले बताएका छन्।
शुक्रबार पनि शहरमा गतिविधि ठप्प रहेको स्थानीय सवारी चालकको भनाइ उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ। सडकमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरिरहेको छ।
प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भाग तीन दशकदेखि हिंसाको चपेटामा परेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
