सर्वोच्चका प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आव्हान

भदौ १० गते बसेको न्याय परिषद् बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। 

काठमाडौँ– सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुर भएको छ। 

संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले शर्माको सुनुवाइका लागि उजुरी आह्वान गरेको हो। 

उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा छन्। भदौ १० गते बसेको न्याय परिषद् बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। 

सोही निर्णय अनुसार शर्माविरुद्ध उजुरी आह्वान गरिएको समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर राणाले जानकारी दिए। १० दिनभित्र दिएको उजुरीमाथि छानबिन गरेपछि शर्मामाथि संसदीय सुनुवाइ हुनेछ। 

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।