बहराइनले दिएको ३२ रनको विजयी लक्ष्य नेपालले २.५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो।
काठमाडौँ– मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ।
शुक्रबार भएको दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको हो। ३२ रनको विजयी लक्ष्य नेपालले २.५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो।
नेपालका कविता कुँवर १७ र सीता रानामगर २ रनमा नटआउट रहे। सेलेङ्गर टर्फ क्लबमा पहिले टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो।
बहराइनका कप्तान दीपिका रसांगिकाले २० बलमा ११ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका इन्दु बर्माले ३ तथा खुशी डंगोलले २ विकेट लिए। यस्तै, कप्तान रुविना क्षेत्री, पूजा महतो र कविता कुँवरका नाममा समान १/१ विकेट रह्यो।
नेपालकी इन्दु बर्मा खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। नेपालले यसअघि मलेसियालाई ५ रनले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
