होटल हिमालयमा सञ्चालन भइरहेकाे याे महाेत्सव भदाै १७ गतेसम्म तीन दिन चल्नेछ।
काठमाडौँ– अन्तर्राष्ट्रियस्तरकाे कलिङ साहित्य महोत्सव शुक्रबारदेखि शुरू भएको छ। ललितपुरकाे पुल्चाेकस्थित होटल हिमालयमा सञ्चालन भइरहेकाे याे महाेत्सव भदाै १७ गतेसम्म तीन दिन चल्नेछ। नेपालमा गएकाे वर्षदेखि हुन थालेकाे कलिङ महाेत्सवकाे याे दाेस्राे संस्करण हाे।
नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरु जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ्ग लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ।
महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकहरुको सहभागिता रहने छ। भारत पाकिस्तान, बंगलादेश लगायत विभिन्न देशका साहित्यकारहरुको उपस्थिति रहने जनाइको छ।
महोत्सवमा दक्षिण एशियाका कला, साहित्य, संगीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति रहने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
