प्रधानमन्त्री दाहालले ललितानिवास प्रकरणबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि अब प्रश्न उठाउने ठाउँ नरहेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितानिवास जग्गा हिनामिना प्रकरणमा समाजवादी मोर्चामा आबद्ध अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष साबित भएको बताएका छन्।
पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले ललितानिवास जग्गा प्रकरणलाई अब एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको बताएका हुन्।
“माधवजीका बारेमा पनि धेरै प्रश्नहरू उठेको थियो के हो? कसो हो? भन्ने। पहिलोचोटि अहिले उहाँ निर्दोष हो भन्ने साबित भयो। औपचारिक रूपले साबित भयो। फेरि प्रश्न उठाउने ठाउँ रहेन,” उनले भने।
अध्यक्ष नेपालसँग बयान लिई मुद्दा चलाउन नपर्ने भनेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिखित रूपमा भनेपछि उनी निर्दोष साबित भएको उनको भनाइ थियो।
उनले नेपालमाथि अहिले पनि षड्यन्त्र हुन्छ कि भन्ने आंशका रहेको तर अब त्यो हटेको जिकिर गरे। “अहिले पनि षड्यन्त्र हुन्छ कि भन्ने आंशका थियो। तर अब रहेन। दोषी गइहालेका छन्। निर्दोष निर्दोष साबित भएका छन्,” उनले भने।
उनले दोषीलाई कुनै पनि हालतमा नछोडिने बताउँदै भ्रष्टाचारविरुद्धको अभियान नरोकिने पनि दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
