जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका भवनहरूमध्ये कुनैलाई सरसफाइ र रङरोगन गरी सञ्चालनमा ल्याउन थालिएको छ भने केही भत्काउनुपर्ने अवस्थामा छन्।
काठमाडौँ– जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राजधानीका महत्त्वपूर्ण सार्वजनिक संरचना र निजी सम्पत्तिमा भएको आगजनीको एक महिनापछि पनि अधिकांश भवनहरू खण्डहरजस्तै देखिएका छन्। आन्दोलनकारीले संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, विभिन्न सरकारी कार्यालयहरू, भाटभटेनीका थुप्रै स्टोर र अन्य निजी सम्पत्तिमा ठूलो क्षति पुर्याएका थिए।
क्षतिग्रस्त भएका भवनहरूमध्ये कुनैलाई सरसफाइ र रङरोगन गरी सञ्चालनमा ल्याउन थालिएको छ भने केही भत्काउनुपर्ने अवस्थामा पुगेका छन्। संसद् भवनमा क्षति पुगेपछि पुनर्निर्माणको कुनै काम शुरू भएको छैन। यो भवन अहिले प्रयोग योग्य नभएको बताइएको छ। भवनको परिसरमा जलाइएका सयौँ सवारी साधनहरू अझै थुपारिएका छन्। कतिपय सरकारी भवन र सार्वजनिक सम्पत्तिहरू हरियो जालीले ढाकिएका छन् र मर्मतको काम चलिरहेको छ।
आन्दोलनले ठूलो क्षति पुर्याएका निजी व्यापारिक संस्थाहरूको अवस्था पनि चिन्ताजनक छ। नक्सालस्थित भाटभटेनी स्टोर पूर्ण रूपमा भत्काइएको छ। नक्सालकै पाँचतारे हिल्टन होटल हरियो जालीले छोपिएको छ र त्यहाँ अहिले कामदारहरू सरसफाइ र मर्मतको काम गरिरहेका छन्।










Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
