राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गर्नुभएको हो। उक्त स्वीकृति प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को २०८२ मंसिर ८ गतेको निर्णयका आधारमा प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।
जेनजी आन्दोलनपछि गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको छ। निर्वाचनका लागि अहिले निर्वाचन आयोगले दल दर्ता गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
