च्यापियन्स लिग: आर्सनलले बार्यनलाई हरायो

लिगमा अपराजित रहेको आर्सनल ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ। पीएसजी १२ अंकसहित दोस्रो स्थानमा छ।

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगमा आर्सनलले बायर्न म्युनिकलाई हराएको छ। अपराजित रहेको आर्सनलले घरेलु मैदानमा बार्यनमाथि ३–१ को जित हासिल गरेको हो।

आर्सनलका लागि जुरेन टिम्बर, नोभी माडुके र ग्याब्रिएल मार्टिनेलीले गोल गरे। बायर्नका लेनार्ट कार्लले एक गोल फर्काए। जितपछि आर्सनल ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ।

हारले बायर्नको शतप्रतिशत प्रदर्शन भने रोकिएको छ। बायर्न समान खेलमा १२ अंक जोड्दै तेस्रो स्थानमा छ। अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टोटेनहमलाई ५–३ ले हरायो। पीएसजी १२ अंकसहित दोस्रो स्थानमा छ। 

यस्तै, रियल मड्रिडले ओलम्पियाकोजलाई ४–३ ले पराजित गर्‍यो। रियल १२ अंकसहित पाँचौँ स्थानमा छ। एटलेटिको मड्रिडले इन्टर मिलानलाई २–१ ले पराजित गर्‍यो। लिभरपुललाई पीएसभी आयनहोभनले ४–१ ले हरायो।