मालढुंगा–बलेवा खण्डको काम २ वर्षमा सक्नेगरी खड्का कृष्ण बीएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो। थपिएको म्यादसमेत मंसिर मसान्तमा सकिँदैछ।
बागलुङ– म्याद थपिएको अवधि सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुंगा–बलेवा खण्डले बल्ल गति लिएको छ। अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुंगा खण्डको काममा ढिलाइ भएको छ। यो खण्डको काम दुई वर्षमा सक्नेगरी खड्का कृष्ण बीएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो। थपिएको म्यादसमेत यही २०८२ मंसिर मसान्तमा सकिँदैछ।
सम्झौता अवधि सकिनै लाग्दा निर्माण व्यवसायीले भने द्रुतगतिमा काम अघि बढाएको छ। निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरेको र कामको प्रगति नभए कारबाहीमा लैजाने चेतावनी दिएपछि कामले गति लिएको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ। आयोजनाका इञ्जिनियर पिपुल गौतमका अनुसार, दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि तीन वर्षमा जम्मा ६५ प्रतिशत मात्र प्रगति भएको छ। कालोपत्र सकिए एकैपटक धेरै प्रगति देखिनेछ।
इञ्जिनियर गौतमले बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौताअगावै काम सम्पन्न भइसकेको जानकारी दिए। तर, छोटो खण्डको रूपमा रहेको बलेवा–मालढुंगा सडक (१० किमि)को भने थपिएको म्याद सकिनै लाग्दा बल्ल कामले तीव्रता पाएको छ।
"सम्झौता नथपे काम सकिने अवस्था देखिँदैन, मंसिर मसान्तमा सम्झौता सकिन्छ," गौतमले भने, "हामीले काममा नआए कारबाही हुन्छ भनेका थियौँ। अहिले स्थलगतरुपमा काम धेरै नै भइरहेको छ। बलेवा क्षेत्रबाट कालोपत्रको तयारी भइरहँदा मालढुङ्गा क्षेत्रबाट ढलान भइरहेको छ।" उनका अनुसार, मंसिर मसान्तसम्म कामको प्रगति हेरेर मात्रै म्याद थपको प्रक्रिया अघि बढ्छ।
५५ करोड रुपैयाँमा ठेक्का लिएको उक्त १० किलोमिटर दूरी रहेको खण्डका लागि सम्झौताअनुसार दुई वर्षमा काम सक्नुपर्ने थियो, तर दुई वर्षमा आधासमेत काम भएको थिएन। निर्माण व्यवसायीका प्रतिनिधि दिनबन्धु काफ्लेले भने पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले कालोपत्रका लागि धेरै समय नलाग्ने जानकारी दिए।
अहिले ठूला उपकरण परिचालन गरेर कालोपत्रका लागि तयारी भइरहेको जनाउँदै कामले तीव्रता पाएको कम्पनीले बताएको छ। सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कलभर्ट, ग्याबियन जाली लगायतका पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेका छन्, तर सडक कालोपत्रमा भने ढिलाइ भइरहेको छ। विसं २०७९ मङ्सिरमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले भुक्तानी समस्या तथा कच्चा सामग्रीको अभाव देखाउँदै काममा ढिलाइ भएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
