प्रसूति सेवा बन्द हुँदा म्याग्दीसहित मुस्ताङ, पर्वतको जलजला र बागलुङको ताराखोलाका सेवाग्राही समस्यामा परेका छन्। प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने अवस्था आएको छ।
म्याग्दी– बेनी अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ।
वार्षिक १२० देखि १५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएकामा उक्त सेवा बन्द हुँदा म्याग्दीसहित मुस्ताङ, पर्वतको जलजला र बागलुङको ताराखोलाका सेवाग्राही समस्यामा परेका छन्।
जिल्लाको एकमात्र अस्पतालमा कार्यरत चिकित्सकले कात्तिकमा राजीनामा दिएर गएपछि प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने अवस्था छ। प्रसूति बेथाले छटपटिएका गर्भवतीलाई बागलुङ र पोखरा पुर्याउनुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिका–४ का प्रेम गुरुङले बताए।
“विशेषज्ञ चिकित्सक नभएकाले उपचार सम्भव भनेपछि श्रीमतीलाई बागलुङ लैजान बाध्य भए,” उनले भने, “प्रसूति सेवाका लागि जिल्लाबाहिर जानुपर्दा समय र आर्थिक भार बढेको छ।”
केही वर्ष अगाडि धवलागिरि अस्पताल बागलुङ र पर्वत जिल्ला अस्पतालले समेत पोखरा रिफर गरेको गर्भवतीको बेनीमा सफल शल्यक्रिया भएको थियो। बेनी अस्पतालका निमित्त प्रमुख डा. रामु सापकोटाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए।
“हामीले गरेको विज्ञापनमा कोही आउनुभएन,” उनले भने, “प्रदेशको स्वास्थ्य मन्त्रालयमा समस्याका बारेमा जानकारी गराए पनि हालसम्म चिकित्सक आउनुभएको छैन।” निक साइमन इस्टिच्युटको सहयोगमा २०७१ सालदेखि बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा शुरू भएको थियो। दाताको कार्यक्रम सकिएपछि यो कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिँदै आएको छ।
जनशक्ति अभावमा हाल हाडजोर्नी तथा नशारोगबाहेक अन्य शल्यक्रिया सेवा पनि बन्द भएको छ। गत भदौदेखि बेनीलगायत गण्डकी प्रदेश सरकारमातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्वविहीन छ। सम्बन्धित जिल्लाको समन्वय समितिका प्रमुख समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि अस्पताल नेतृत्वविहीन भएका हुन्।
प्रदेश अस्पताल बेनीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव भएको विषयमा कात्तिक तेस्रो साता बसेको गण्डकी प्रदेशसभाको बैठकमा म्याग्दी– (क) बाट निर्वाचित सांसद हरिबहादुर भण्डारीले ध्यानाकर्षण गराएका थिए।
“मैले शनिबार मात्र स्वास्थ्यमन्त्री कृष्ण पाठकलाई तत्काल समस्याका विषयमा जानकारी गराएँ , एकहप्ताभित्र समस्याको समाधान गर्छु भन्नुभएको छ। यसमा प्रदेश सरकार गम्भीर बन्नुपर्छ,” उनले भने।
बेनी अस्पतालले हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचारकक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलायसिस सेवा सञ्चालन गर्दै आएको छ। यस अस्पतालमा बर्सेनि ६० हजारभन्दा बढीले सेवा लिने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
