भोजपुर अस्पताल भौतिक रूपमा सुविधासम्पन्न भए पनि जनशक्ति अभावका कारण समय र पैसा खर्च गरी धरान, विराटनगर, काठमाडौँका अस्पताल धाउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन।
भोजपुर– जनशक्ति अभाव हुँदा भोजपुर अस्पतालका उपकरणहरू जनशक्ति अभावले प्रयोगमा आउन नसकेको जनाइएको छ। सदरमुकाममा रहेको एक मात्र सरकारी भोजपुर अस्पतालमा संघीय सरकारको करिब दुई करोड रुपैयाँको लागतमा सघन उपचार कक्ष (आईसीयू) तयार भएको छ।
आईसीयू तयार भए पनि आवश्यक जनशक्ति अभावमा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रमुख डा पवित्रा श्रेष्ठले बताइन्।
“पाँच वर्षअगाडि नै आईसीयू तयार भए पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन, करारमा पनि कर्मचारी राख्न सकिएको छैन,” डा श्रेष्ठले भनिन्।
नागरिकको स्वास्थ्यका लागि भएको प्रविधि प्रयोगमा आउनुपर्ने नागरिक समाजका संयोजक पर्शुराम तिवारीको भनाइ छ। “दुर्गमका अस्पतालमा सरकारले जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य सेवा प्रभावित भई रहेको छ, भोजपुर अस्पतालको समस्या यही हो,” उनले भने।
जिल्ला अस्पतालमा भौतिक रूपमा सुविधा सम्पन्न हुँदै गए पनि आवश्यक जनशक्ति अभावका कारण समय र पैसा खर्च गरेर धरान, विराटनगर, काठमाडौँ जस्ता सुविधा सम्पन्न अस्पताल जानुपर्ने बाध्यता अझै हट्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
