२०७७ भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ३७ जनाको मृत्यु हुनुका साथै ११ वटा जलविद्युत्, स्वास्थ्य एकाइ, ११ वटा झोलुंगे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालयसहित २० किमी सडक बगाएको थियो।
ढोरपाटन– बागलुङको भूजीखोलाको तिरैतिर छरिएको बस्ती थियो। भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए। खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत्गृह।
विकासले बिस्तारै जोडिँदै गरेको विकट क्षेत्रका नागरिकमा खुशी पलाउँदै थियो। २०७७ भदौ १७ गते राति भूजीखोलामा भीषण बाढी आयो। उक्त बाढीले भूजीखोलावासीको सर्वस्व लुट्यो। दर्जनौँ नागरिकको ज्यान लियो, सयौँलाई परिवार र घरबारविहीन बनायो।
आफन्त र भएभरको सम्पत्ति गुमाएका पीडितले अझै पनि राज्यबाट सहयोग पाउन सकेका छैनन्। ३७ जनाको मृत्यु हुनेगरी आएको बाढीले पुर्याएको क्षति बेहिसाब छन्। त्योभन्दा बढी बेहिसाब छन्, बाढीपीडितको दुःख। बाढीमा परेका १५ जना अझै बेपत्ता छन्। बाढी गएपश्चात् सरकारले पीडितको पुनर्स्थापनालाई प्राथमिकता दिने भने पनि अहिलेसम्म ध्यान नपुग्न नसकेको उनीहरूको गुनासो छ। घर निर्माण गरेपछि राहत उपलब्ध गराउने भनिए पनि अहिलेसम्म धेरैले भुक्तानी पाएका छैनन्।
बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का १३१ घर बगाएको थियो। पीडितले ऋणधन गरेर अहिले घर बनाइसके। तर राहत अझै पाएका छैनन्। ढोरपाटन–९ का बाढीपीडित लालबहादुर विकले घर बनाउन सरकारले रकम पठाउने आश्वासन दिए पनि अहिलेसम्म कत्ति पनि सहयोग नपाएको गुनासो गरे। बाढीले उनको जेठो छोरा र भएभरको घरसम्पत्ति बगाएको थियो।
“सरकारले पनि राहत दिन्छ घर बनाऊ भनेपछि गाउँमा ऋण काढेर घर बनायौँ, तर अहिले न सरकारले पैसा दियो, न साहुको ऋण तिर्न सकियो,” उनी भन्छन्, “हामीहरू धेरै पीडामा पर्यौँ, राज्यले राहत देला भनेको आहत दियो।” अर्का पीडित नारायण पुनले सरकारबाट पाउने भनिएको ४ लाखमध्ये अहिलेसम्म कत्ति पनि रकम पाउन नसकेको सुनाए।
बाढीमा आमा र घर गुमाएका उनले पनि घर निर्माण गरिसकेका छन्। केही आफ्नो कमाइ र केही रकम ऋण गरेर घर बनाएको उनको भनाइ छ। नेताहरूले आफ्ना वरपरका र नजिकका आफन्तलाई मात्र राहत दिलाएको पुन बताउँछन्। “हामी राम्रोसँग कुरा राख्न पनि नसक्ने सिधा भयौँ, टाढाबाठाले त पाउनुपर्ने राहत पाइसके, राहत पाएपछि ऋण तिर्नेगरी घर बनायौँ तर अहिलेसम्म पाउन सकेनौँ,” उनले भने।
सोही ठाउँका बाढीपीडित कुलबहादुर विकले घर बनाएको ऋणले अहिले समस्यामा परेको बताए। बाढीले घरजग्गासहित २२ वर्षका जेठो छोरा, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको सुनाउँदै अहिले ऋणको भारीले थिचिरहेको उनको भनाइ छ। आफूले २ लाख ५० हजार पाएको भन्दै घर बनाउँदा ५ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ।
“अहिले साहुले पैसा माग्छन्, आफूलाई बिहान के खाऊँ, बेलुका के खाऊँ भन्ने पिर छ, के गरेर तिर्ने,” उनी भन्छन्, “गाउँका अरू धेरै बाढी पीडितहरूको अवस्था मेरोजस्तै छ।”
बाढीले ११ वटा लघुजलविद्युत् आयोजना, एउटा स्वास्थ्य एकाइ, ११ वटा झोलुंगे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र २० किलोमिटर सडक बगाएको थियो। बाढीले क्षति पुर्याएका जलविद्युत, विद्यालयको पुनर्निर्माण भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए।
संघीय सरकारले १८ जना बाढीपीडितलाई घर बनाउन सबै किस्ता उपलब्ध गराए पनि अझै धेरैले एक किस्ताबाहेक अरू रकम नपाएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
