द्वन्द्वपीडितका सरोकार तथा उनीहरूमाथि भएको अन्यायको निरूपण, न्याय सुनिश्चितता, परिपूरण तथा संस्थागत सुधार गर्नेतर्फ ठोस प्रगति हुन नसक्दा यो प्रक्रिया दिनप्रतिदिन गिजोलिँदै गएको इन्सेकले जनाएको छ।
काठमाडौँ– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १९ वर्ष बितिसिक्दा पनि विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धतामध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालको सम्बोधन हुन नसकेकामा चिन्ता जनाएको छ।
इन्सेकका अध्यक्ष विजयराज गौतमले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा देशको राजनीतिक संक्रमणका कारण यो विषय अझ कम प्राथमिकतामा पर्ने हो कि भन्ने चिन्ता बढ्न थालेको उल्लेख छ।
द्वन्द्वपीडितका सरोकार तथा उनीहरूमाथि भएको अन्यायको निरूपण, न्याय सुनिश्चितता, परिपूरण तथा संस्थागत सुधार गर्नेतर्फ ठोस प्रगति हुन नसकेको भन्दै समयमै टुंगो नलगाउँदा यो प्रक्रिया दिनप्रतिदिन गिजोलिँदै गएको उल्लेख गरेको छ।
इन्सेकले तयार गरेको द्वन्द्वपीडित पार्श्वचित्रमा हत्याका १३ हजार २४८ घटना र बलपूर्वक बेपत्ता पारिएका ९३१ घटना अभिलेखित छन्।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयद्वारा प्रकाशित ‘नेपाल द्वन्द्व प्रतिवेदन २०१२’ मा सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकार तथा मानवीय कानुन उल्लंघनका १० हजारभन्दा बढी घटना भएको उल्लेख गरिएको विज्ञप्तिमा जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
