किकीलाई गीत सुन्न निकै मन पर्छ। रोचक कुरा के भने किकी आफैँ ह्वीलचेयर चलाउँछिन् र गीत सुन्दै सेन्चुअरी वरपर फन्को मार्छिन्। उनलाई टेलर स्विफ्टका गीत खुब मन पर्छन्।
काठमाडौँ– जन्मिदै अपांग, त्यसैमाथि आमाले अपनाउन नमानेपछि किकीको हुर्काइ सहज भएन।
किकी अर्थात् चार वर्षको भेडी। सन् २०२१ को नोभेम्बरमा किकी जन्मिएपछि उनकी आमाले दूध खुवाउन अस्वीकार गरिन्। तर भेडाफार्मका कामदारहरू निरीह किकीलाई नियालिरहेका थिए। किकी खुट्टा नचल्ने एक दुर्लभ रोग लिएर जन्मेकी थिइन्। भेडाफार्मका कामदारले किकीलाई उपचारका लागि म्यासाचुसेट्समा रहेको आरक्षण केन्द्र (सेन्चुअरी) ‘डोन्ट फोरगेट अस, पेट अस’मा लगे।
त्यहाँ महिनौंको उपचार र शल्यक्रियाको बाबजुद पनि खुट्टा प्रयोग गर्न नसकेपछि ह्वीलचेयर दिइयो। अहिले किकी आफैँ ह्वीलचेयर चलाएर खेल्ने गर्छिन्। उनलाई संगीत सुन्न निकै मन पर्छ। रोचक कुरा के भने किकी आफैँ ह्वीलचेयर चलाउँछिन् र गीत सुन्दै सेन्चुअरी वरपर फन्को मार्छिन्।
किकीलाई मोटराइज्ड ह्वीलचेयर दिइएको छ। त्यसमा जोडिएको कार्गो स्ट्रोलरमा राखिएको ‘जोयस्टिक’मा टाउको ठोकाएर उनले ह्वीलचेयरलाई नियन्त्रण गर्छिन्। ह्वीलचेयर कसरी चलाउने भनेर अभ्यास गर्न किकीलाई केही सेकेन्ड मात्र लागेको थियो।

“उनी एक पागल किशोरी जस्तै छिन्, धेरै छिटो सिक्न चाहन्छिन्,” सेन्चुअरीका संस्थापक डेब डेभलिनले द वाशिंगटन पोस्टसँगको कुराकानीमा भनिन्, “मलाई थाहा थियो कि उनी यो गर्न सक्षम हुनेछिन्, किनभने उनको नजिक त्यो जोइस्टिक राख्ने बित्तिकै, उनले त्यसले के गर्छ भनेर चासो देखाउँदै राम्रोसँग हेरेकी थिइन्।”
ल्याम्बोर्गिनी नाम दिइएको ह्वीलचेयरको अगाडि किकी लेखिएको नम्बरप्लेट जडान गरिएको छ। किकीले आफ्नो टाउको रातो जोइस्टिकमा अड्याएर कुसनमा सुतेर गाडी चलाउँछिन्।
सेन्चुअरीले किकीले ‘ल्याम्बोर्गिनी’ चलाइरहेको भिडियो पोस्ट गरेपछि सामाजिक सञ्जालमा भाइरल भयो, जसमा हजारौं टिप्पणीहरू आए।
“अनलाइनमा सबैले उनलाई धेरै प्रेरणादायी बताउने गरेका छन्,” डेभलिनले भनिन्, “किकीसँग हामीलाई वास्तवमा अभाव भएको एउटै कुरा स्वतन्त्र गतिशीलता थियो, र अब उनीसँग त्यो छ।”
किकीलाई बालबालिकाका खेलौनाहरूसँग खेल्न पनि रमाइलो लाग्छ, जुन उनी आफ्नो ह्वीलचेयर जस्तै टाउकोले ठोकेर चलाउन सक्छिन्।

“जब उनी खेलौना खेल्न सिपालु भइन्, अनि संगीत सुन्न थालिन्। उनी आफ्नो मनपर्ने गीत 'ट्विंकल, ट्विंकल' नबजुन्जेल बटनहरू थिचिराख्छिन्,” डेभलिनले भनिन्।
त्यो गीत बजेपछि भने उनी रोकिन्छिन् र ज्वेयस्टिकमा टाउको राखेर एकोहोरो संगीतमा रमाउँछिन्। यसबाहेक किकीलाई टेलर स्विफ्टका गीतहरू पनि मन पर्छन् र उनलाई आफ्नै घाँटीमा लगाइएको घण्टी बजाउँदै त्यसको धुन सुन्न पनि मन पर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
