ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भन्ज्याङ बजारमा विद्युत् सर्ट हुँदा लागेको आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
ताप्लेजुङ– ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भन्ज्याङ बजारमा विद्युत् सर्ट भएर लागेको आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय डेनी तामाङको पाँचतले टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आगलागीबाट टिनको छानो, काठपात, मेसिनरी सामान, ल्यापटप, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिए।
आगलागी भएको खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
