तोलामा ९०० रुपैयाँले घट्यो सुन

बिहीबार सुन २ लाख ५३ हजार ३०० तथा चाँदी ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार ४०० कायम भएको छ। चाँदी ३ हजार ५५५ रुपैयाँ छ।

बिहीबार सुन २ लाख ५३ हजार ३०० तथा चाँदी ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २४० र चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।