सुनचाँदीको मूल्य बढ्यो

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।

काठमाडौँ– सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो। आइतबार २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भैइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५३५ रुपैयाँमा कारोबार भैइरहेको छ।