हङकङमा दशकौँपछि भएको सबैभन्दा भीषण आगलागीमा मृतकको संख्या शुक्रबार ९४ पुगेको छ। यसअघि सन् १९४८ हङकङमा भएको आगलागीमा १३५ जनाको मृत्यु भएको थियो।
हङकङमा दशकौँपछि भएको सबैभन्दा भीषण आगलागीमा मृतकको संख्या शुक्रबार ९४ पुगेको छ। बेपत्ता आफन्त खोज्न परिवारजन असह्य पीडाका साथ अस्पताल–अस्पताल धाइरहेका छन्।
उत्तरी ताई पो जिल्लास्थित वाङ फुक कोर्टमा बुधबार दिउँसो लागेको आगो केही मिनेटमै द्रुत गतिमा फैलिँदै आठ वटा आवासीय भवन ३६ घण्टाभन्दा बढी समयसम्म जल्यो। शुक्रबार बिहानसम्म खोज तथा उद्धार टोलीले जलेका भवनहरूबाट लगातार कालो झोलामा शवहरू निकालिरहेका थिए। एएफपीका प्रतिनिधिहरूले छोटो समयमै धेरै शव निकालिएको उल्लेख गरेका छन्।
थुप्रै परिवारका सदस्यहरू अझै बेपत्ता रहेकाले अस्पतालहरूमा पीडितका आफन्तहरूको भीड बढिरहेको छ। सा टिन अस्पतालमा भेटिएकी ३८ वर्षीया 'वोङ'ले आफ्नी बहिनी र उनकी जुम्ल्याहा बहिनीको खोजीमा भावुक हुँदै भनिन्, “अहिलेसम्म कुनै जानकारी पाउन सकिएन, हामी दिनदिनै विभिन्न अस्पताल पुगिरहेछौँ।”
अधिकारीहरूका अनुसार ५० जनाभन्दा बढी अस्पतालहरूमा उपचाररत छन्, जसमा १२ जनाको अवस्था अत्यन्त गम्भीर र २८ जनाको अवस्था गम्भीर रहेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार आगो एक भवनमा लागेको केही मिनेटमै अर्को–अर्को ब्लकमा फैलिएको थियो।
अग्नि सेवाले परिसरका सबै फ्ल्याटहरूमा खोजी कार्य पूरा गर्ने जनाएको छ। शुक्रबार बिहान पनि परिसरबाट सेतो धुवाँ निस्किरहेकाले आगलागीको पूर्ण नियन्त्रणमा समय लागेको देखिन्थ्यो। करिब दुई हजार आवासीय एकाइमध्ये केहीमा मात्र आगो नियन्त्रणमा आएको थियो।
अधिकारीहरूले आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान शुरू गरेका छन्। भवनहरूलाई घेरेर निर्माण गरिएको बाँसको मचान र प्लास्टिकको जाल सुरक्षाका लागि जोखिमपूर्ण रहेको आशंका गरिएको छ। यसैबीच, भ्रष्टाचारविरोधी निकायले परिसरमा भइरहेको नवीकरण कार्यको अनियमितताबारे अनुसन्धान शुरू गरेको छ।
प्रहरीका अनुसार आगलागीको सम्भावित कारण बन्न सक्ने तरल सामग्री लापरबाहीपूर्वक छाडिएको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ। केही बासिन्दाले आगो लाग्दा फायर अलार्म नबजेको र घर–घर दौडेर एक–आपसमा चेतावनी दिनुपरेको गुनासो गरेका छन्।
सन् १९४८ पछि हङकङमा भएको यो सबैभन्दा ठूलो मानवीय क्षति भएको आगलागी हो। त्यसबेला कम्तीमा १३५ जनाको मृत्यु भएको थियो। पछिल्ला वर्षमा सुरक्षा उपाय कडाइ गरिएकाले यस्ता दुर्घटना कम भएका थिए, तर यस प्रकरणले सुरक्षा प्रणालीबारे पुनः प्रश्न उठाएको छ।
हङकङ सरकारले पीडित सहयोगका लागि ३० करोड हङकङ डलरको राहत कोष स्थापना गरेको छ। प्रभावितहरूका लागि अस्थायी आवास, आपतकालीन सहयोग, निःशुल्क मनोवैज्ञानिक परामर्श तथा स्वास्थ्य सहायता उपलब्ध गराइएको छ। सहयोग अपेक्षितभन्दा बढी आएपछि आयोजकहरूले हाललाई थप राहत सामग्री आवश्यक नभएको भन्दै अपिल गर्नुपरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
