३० भदौदेखि ३० मंसिरसम्ममा एक हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरला नाका हुँदै जाँच पास भई गन्तव्यतर्फ पठाइएको भन्सार कार्यालयले जनाएको छ।
मुस्ताङ– मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ। रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल—चीन) लोमान्थाङ—२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रूपमा ३० भदौदेखि प्रयोगमा ल्याइएको थियो।
भन्सार विभागले कोरलास्थित मुस्ताङ भन्सारलाई वैकल्पिक नाकाका रूपमा प्रयोग गरेलगत्तै पूर्ण रूपमा मुस्ताङ भन्सार कार्यालयलाई गतिशील तुल्याएको हो। नेपाल—चीन कोरला नाकाबाट मंसिर मसान्तसम्ममा सात अर्ब ३६ करोड बढीको मालवस्तु आयात हुँदा सयौँ विद्युतीय सवारीसाधनका साथै इलेकट्रोनिक सामान, लत्ताकपडा र विद्युतीय उपकरणहरू भित्रिएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए।
यसैगरी कोरला नाकाबाट चीनतर्फ आठ करोड ३८ लाख ६३ हजार बराबरको हस्तकलाका सामान नेपालबाट भन्सार जाँच पास भई निर्यात भएको भन्सार प्रमुख खड्काको भनाइ छ। मुस्ताङ भन्सार कार्यालयले दुई महिनाको अवधिमा चीनबाट सात अर्ब ३६ करोडको समान आयात र आठ करोड ३८ लाख बढीको सामान चीनतर्फ निर्यात गर्दा तीन अर्ब ६२ करोड ६९ लाख रुपैयाँ बढी बढी राजस्व संकलन गरेको भन्सार प्रमुख खड्काले बताए।
भन्सार कार्यालयबाट ३० भदौदेखि ३० मंसिरसम्ममा एक हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरला नाका हुँदै भन्सार जाँच पास भई गन्तव्यतर्फ पठाइएको छ। यसैगरी, उत्तरी कोरला नाकास्थित चिनियाँ भन्सारबाट पैठारी भएका ८९७ वटा मालवाहक ढुवानीका साधनहरू भन्सार जाँच पास भई गन्तव्यतर्फ लागेको भन्सार प्रमुख खड्काको भनाइ छ। नेपालबाट भने मुस्ताङ भन्सार कार्यालयमा जाँच पास भएर ५४ वटा मालवाहक ढुवानीका साधनहरू निकासी भएको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
