स्कटल्यान्डका मार्क वाटको आक्रामक ब्याटिङको सहयोगमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स नौ विकेटले विजयी भएको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबारको पहिलो खेलमा स्कटल्यान्डका मार्क वाटको आक्रामक ब्याटिङको सहयोगमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले नौ विकेटको शानदार जीत निकालेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो।
कर्णालीको जीतमा वाटले शतक प्रहार गरे। उनी एनपीएलको यस संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने।
वाटले ४४ बलमा १२ छक्का र ६ चौकाको सहयोगमा ११४ रन बनाए। २९ बलमा अर्धशतक बनाएका उनले कुल ४४ बलमा शतक पूरा गरे।
कर्णालीका ओपनर प्रियांक पञ्चाल १२ रनमा आउट भए भने विलियम वोसिस्टो २९ रनमा अविजित रहे। लुम्बिनीका लागि एक मात्र विकेट शेर मल्लले लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन बनाएको थियो।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे। रुबेन ट्रम्पलमान पनि २९ रनमा अविजित रहे। जोहानीस जोनाथन स्मितले २३ र डी’आर्की शर्टले १९ रन जोडे, तर अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए।
आजको दोस्रो खेल काठमाडौँ गोर्खाज र विराटनगर किङ्सबीच हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
