भारतमा पछिल्लो समय क्षेत्रीय (रिजनल) चलचित्रको 'क्रेज' बढेको छ। कोभिडपछि विभिन्न ओटीटी माध्यममार्फत 'एक्स्पोज' पाएसँगै नेपाली सिनेमा हलमा पनि यस्ता चलचित्रले स्थान पाउने र दर्शक तान्ने गरेका छन्।
“कटप्पा ने बाहुबलीको क्यु मारा?”
सन् २०१५ मा रिलिज भएको तेलगु फिल्म 'बाहुबलीः द–बिगिनिङ'को क्लाइमेक्समा रहस्यपूर्ण रूपमा छाडिएको कहानी थाहा पाउन दर्शकले दुई वर्ष कुर्नु पर्यो। सायद त्यही समयमा पहिलो पटक छिमेकी मुलुकमा सिक्वेलको पर्खाइ नेपाली दर्शकलाई थियो। बाहुबलीको दोस्रो भागको पर्खाइले सन् २०१७ मा 'बाहुबलीः द कन्क्लुजन' रिलिजसँगै पूर्ण भयो।
'बाहुबलीः द बिगिनिङ'को कमाइ भारतीय रुपैयाँ ६५० करोड हुँदा सिक्वेलले १८०० करोड विश्वभरको ‘कलेक्सन’ थियो। अर्थात् दोस्रो भाग अझ ब्लकबस्टर फिल्म बन्न पुग्यो। प्रायः फिल्मका सिक्वेल पहिलोको तुलनामा फितलो र दर्शकको आशा पनि बढी हुने हुँदा फिल्म निर्माता र कलाकार दुवैका लागि चुनौतीपूर्ण हुन्छ। यस्तोमा बाहुबलीसँगै सन् २०१० को दशकदेखि अहिलेसम्म सुपरडुपर हिट भइरहेका सिनेमामा पर्छन्,– 'पुष्पा द राइज' (३६० करोड), 'पुष्पा द रुल' (१६००–१८०० करोड) 'केजीएफ' (करिब २५० करोड), 'केजीएफ च्याप्टर २' (करिब १२०० करोड), 'आरआर' (१३०० करोड) लगायतका फिल्म। यस्ता फिल्मले सयाैँ करोडको व्यापार गरेका छन्।
यस्ता, फिल्मको एउटा कुरा पृथक छ, यी फिल्म भारतको मूलधार सिनेमा उद्योग बलिउडबाट नभई क्षेत्रीय सिनेमा उद्योगबाट आएका हुन्, जसले विश्वभरका दर्शकलाई सिनेमा हलमा ओहिर्याए। यस्ता फिल्ममा कोही सुपरस्टार हिरो/हिरोइन थिएनन्, फिल्मको कन्टेन्ट नै चर्चाको विषय बन्यो। एक्सन, ड्रामा अनि ससपेन्सले भरिपूर्ण सिनेमा हेर्न हलमा दर्शकको घुइँचो लाग्यो।
थोरै फरक अनि स्वादिलो सिनेमा दर्शकमाझ आइपुग्दा यो फिल्म 'प्यान इन्डिया' हुन गयो। यस्ता फिल्मले पैसा मात्र नभई यी फिल्मका निर्देशक, कलाकारले पनि राम्रो फ्यान-फलोअर्स कमाए। यसको बलियो उदाहरण हुन्, बाहुबलीका निर्देशक तथा पटकथा लेखक एसएस राजामौली र अभिनेता प्रभास।
बाहुबलीका हिरो प्रभास यस्तो लाइमलाइटमा आए कि उनको बाहुबली इमेज अहिले पनि दर्शकमा छ। प्रभासले ५ वर्षको लागि कुनै फिल्म मात्र होइन विज्ञापनसमेत गरेका थिएनन्। फिल्मलाई लिएर नयाँ नयाँ किस्सा चियागफका विषय बन्न थाले।
पछिल्लो पटक, कन्नाडा फिल्म 'कान्ताराः च्याप्टर– १' ले दर्शकलाई यसरी नै सिनेमा हलको पर्दासम्म तान्न सकेको छ। रिसभ सेट्टीको निर्देशनमा बनेको यस फिल्मको १२ दिनको कमाइले भारतीय रुपैयाँ ७०० करोडभन्दा बढी कमाइ गरिरहेको छ। भारतीय सिनेमाको उत्कृष्ट १२ कमाइ गर्ने सिनेमाको सूची भइसकेको छ। कान्ताराको पहिलो भाग सन् २०२२ मा रिलिज हुँदा यस फिल्मको निर्माण बजेट १४ देखि १६ करोडको बीचमा थियो। जबकी फिल्मले ४५० करोडको कमाइ गरेको थियो।
अक्टोबर २ तारिखबाट रिलिज भएको फिल्म हाल तेस्रो हप्तामा चलिरहेको छ। दिपावलीको अवसरमा चलचित्रको कमाइ अझै बढ्ने देखिएको छ। करोडको क्लबमा कन्नाडा फिल्म कान्ताराले कमाइ गरेको छ। भेगीय वा क्षेत्रीय सिनेमाको रूपमा रहेको यो फिल्म पनि अहिले 'प्यान इन्डिया' बनेको छ, अर्थात् भारतभर चलिरहेको छ।
नेपालमा तेस्रो हप्ता आइसक्दा पनि यस चलचित्रले शो र हल 'लुटेको' छ। मूलधारको सिनेमामा रहेको बलिउडभन्दा पृथक चलचित्रले मन जितिरहेको छ। एक अन्तर्वार्तामा कान्तारा फिल्मका निर्देशक रिसव सेट्टीले भनेका थिए– “मोर रिजनल इज मोर युनिभर्सल।” जसलाई भावानुवाद गर्दा हामीले जति माैलिक/स्थानीय कथा भन्न सक्छाैँ त्यो यति बढी विश्व दर्शकमाझ फैलिन सक्छ भन्ने हुन्छ।
यसरी बलिउडबाहिर दक्षिण भारतका तमिल(कोलिवुड), तेलगु(टोलिवुड), मल्यालम(मोलिवुड) अनि कन्नाडा (स्यान्डवुड)फिल्मको उद्योग विस्तार भएको देखिन्छ। यसबाहेक, उत्तर-पूर्वका आसामी फिल्म पनि विस्तारित हुन थालेका छन्।
कोभिडपश्चात बढेका दर्शक
सन् २०१९ को अन्त्यमा शुरू भएको कोभिड महामारीले विश्वभर मानिसलाई घरभित्र सीमित गरायो। जसले गर्दा भौतिक संरचना र सिनेमाका पर्दा मोबाइलमा परिणत भए। नेपाली दर्शकको परिदृश्य फरक पारेको छ। मूलधारका बलिउड सिनेमा हेर्न दर्शकको लागि ओटीटी प्लाटफर्मले साउथ इन्डियन फिल्म देखिन थाले।
नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन यस्ता फिल्म पनि चुनिन्दा फिल्म मात्र चलिरहेको बताउँछन्। यसमा एसएस राजामौली, संजयलिला भन्साली लगायतका निश्चित निर्देशक र कलाकारको फिल्म दर्शकमाझ पुगिरहेको उनी बताउँछन्। यद्यपि, यसको प्रभाव ९० को दशकमा रजनीकान्त, कमल हसनले छाडेको उनी बताउँछन्। यस्ता फिल्म सिनेमा हलको पर्दाभन्दा पनि सीडी, भीसीडीमा हेर्न चलन थियो।
सिटिसी सिनेमा हलका पूर्वसंचालक जीवन शाक्य 'माउथ पब्लिसिटी' राम्रो भयो भने नेपालमा फिल्म चल्छ भन्ने बुझाइ रहेको बताउँछन्। कान्ताराजस्तो फिल्ममा कलाकार स्टार मात्र नभई कन्टेट अनि 'टिमवोर्क' पनि बलियो हुने उनको भनाइ छ। सन् २०२२ मा रिलिज भएको कान्तारा फिल्म गोपीकृष्ण मुभिजले ल्याएको थियो भने, यस पटक एप्पल इन्टरटेन्टमेन्टले नेपालमा भित्र्याएको हो।
केजीएफको समयमको सम्झना गर्दै उनी भन्छन्, “रात २ बजे शो भएर ११ बजेसम्म थियो। त्यस समय दर्शकले तोडफोड नै गर्न लागेको थिए। नेपाली फिल्मको हकमा बिहान ४ः ५५ देखि ११ः ५५ रातिसम्म पनि पूर्णबहादुरको सारंगी त्यसरी नै चलेको थियो।”
शाक्य यस्ता फिल्म सधैँ नबन्ने बताउँछन्। दुई/तीन वर्षमा एउटा मात्र यस्ता फिल्म बन्ने गरेको शाक्यको बुझाइ छ। “यस्ता फिल्मका लागि हल संचालकभन्दा पनि दर्शक उत्साहित हुन्छन्। कस्तो मोकिड र स्टोरी होला भन्ने कौतुहलाता दर्शकमा हुन्छ,” उनले भने।
शाक्यका अनुसार, कुनै समय नेपाली फिल्ममा हिरोइनको रोनाधोना चल्थ्यो। अब भने हिरोलाई एक्सन अनि हिरोइनलाई रुवाएर मात्रै फिल्म नचल्ने उनको तर्क छ। उनी भन्छन्, “लगानी यसै उठ्दैन, बजेट थोरै भए पनि स्टोरीमा काम गर्नुपर्ने समय आएको छ।”
रिमेकमा पनि मूलधारबाहिरका सिनेमाको राम्रै प्रभाव छ। बलिउडमा नाम चलेको फिल्म कतिपय रिजनल फिल्म कै रिमेक हुन्। उदाहरणका लाग गजिनी, दृश्यम, भुल भुलय, द ग्रेट इन्डियन किचेन, वशं, विक्रम वेदालगायतका फिल्म जसले अन्य भाषा र क्षेत्रका फिल्मलाई बलिउडमा रिमेक गरी राम्रो कमाइ गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
