पहिलो संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन प्लेअफसम्म पुगेको थियो।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे शुरू हुनेछ। लुम्बिनी रोहित पौडेल तथा चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रनेछन्। जारी प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो।
चितवन भने लुम्बिनीविरुद्ध मैदान उत्रिँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ५ विकेटले हराएको थियो। लुम्बिनी भने सुखद शुरूआत गर्न चाहन्छ ।
एनपीएलको पहिलो संस्करणमा यी दुई टिमबीच एकपटक प्रतिस्पर्धा भएको थियो। उक्त खेल लुम्बिनीले ३३ रनले जितेको थियो।
पहिलो संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन राइनोज प्लेअफसम्म पुगेको थियो।
प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। मंसिर १ गते शुरू भएको प्रतियोगिताको फाइनल २७ गते हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
