रुसमा मूल्यवृद्धि ६ प्रतिशतमा झर्ने अनुमान

रुसको कुल घरेलु उत्पादन यस वर्षको पहिलो नौ महिनामा एक प्रतिशतले बढेको छ।

रुसमा यस वर्षको अन्त्यसम्म मूल्यवृद्धि करिब ६ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ। उक्त दर सरकार र केन्द्रीय बैंकले गरेको पूर्वानुमानभन्दा कम रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताए। 

मार्चमा १० प्रतिशतभन्दा माथि पुगेको मुद्रास्फीति अहिले सात प्रतिशतभन्दा तल झरेको छ। वर्षको अन्त्यसम्म करिब ६ प्रतिशत पुग्ने अनुमान छ। “आर्थिक वृद्धिको गति केही सुस्त हुँदै गएको छ। रुसको कुल घरेलु उत्पादन यस वर्षको पहिलो नौ महिनामा एक प्रतिशतले बढेको छ,” पुटिनले भने।

वार्षिक आर्थिक वृद्धिको अनुमान ०.५ प्रतिशतदेखि एक प्रतिशतबीचमा रहेको छ। जुन सरकारको अपेक्षासँग मेल खान्छ। पुटिनका अनुसार, सरकार र केन्द्रीय बैंकले कडाइ गरिएका नीति लागू गर्दै अर्थतन्त्रलाई सहज रूपमा सञ्चालन गर्न प्रयासरत छन्।

“सेप्टेम्बर महिनामा रुसको बेरोजगारी दर २.२ प्रतिशत रहेको छ, जुन ऐतिहासिक रूपमा सबैभन्दा कम दर हो,” उनले भने।