कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा एनपीएल अन्तर्गत सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्यो।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ४५ रनको जित दर्ता गरेको छ।
जारी एनपीएलमा सुदूरपश्चिमको यो लगातार तेस्रो सफलता हो। विराटनगर किंग्सले पनि लगातार तीन खेलमा जित निकालेको छ। यता, कर्णालीले भने तीन खेलमध्ये दुई खेलमा हार बेहोरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। १४० रनको लक्ष्य पछ्याएको कर्णाली ४ बल बाँकी रहँदै ९४ रनमा समेटियो।
कर्णालीका लागि पवन सराफले सर्वाधिक २७ रन जोड्दा २६ बलमा ४ चौका प्रहार गरे। मार्क वाटले १० बलमा २ छक्कासहित १७ रन जोडे भने सोमपाल कामीले १४ रनको योगदान दिए।
यस्तै, गुल्सन झा र अर्जुन घर्तीले समान १३/१३ रन जोडे। अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले घातक बलिङ प्रदर्शन गरे, उनले सर्वाधिक ४ विकेट लिए। हर्मीत सिंह र अविनाश बोहराले २/२ विकेट लिए भने स्कट कुगेलेइजन र हेमन्त धामीले १/१ विकेट हात पारे।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए। आरिफ शेखले २७ रनको योगदान दिए। यस्तै, हर्मीत सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुगेलेइजनले १० रन जोडे।
बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पारे। यस्तै, मार्क वाट, विपीन शर्मा र युवराज खत्रीको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
