दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

उनलाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अधिकृतका रूपमा नियुक्त गरिएको हो।

काठमाडाैँ– दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ।

सुरक्षण मुद्रण केन्द्रमा उनलाई रोजगारी दिइएको हो। सोमबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिएका छन्।

null

पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनमा ज्यान गएको थियो।