बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरी छलफलमा बस्न आह्वान गरेका छन्।
बारा– बाराको सिमरामा आन्दोलनरत जेनजी समूह र स्थानीय प्रशासनबीच वार्ताको तयारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरी छलफलमा बस्न आह्वान गरेका हुन्।
प्रजिअ मिश्रले जेनजी अगुवा ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायलाई टेलिफोन गरेर संवादबाटै समस्याको समाधान गर्न सुझाएका छन्। प्रशासनले गरेको यो आह्वानलाई जेनजी समूहले स्वीकार गरे पनि छलफल कहाँ बस्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागेको छैन।
वार्ता इलाका प्रहरी कार्यालय सिमरामा बस्नुपर्ने जेनजी समूहको अडान छ। जिल्ला प्रशासन कार्यालयमै बस्ने कि इलाका प्रहरी कार्यालय सिमरामा बस्ने भन्ने विषयमा प्रशासनभित्र पनि आन्तरिक समन्वय चलिरहेको छ। सिमरामा झडपपछि सिर्जित निरन्तर तनावको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बारा र जेनजी समूह दुवै संवादका लागि तयार भएका हुन्।
त्यस्तै, बारा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन्। दुवै जना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।
सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेनजी समूहका उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए। घाइते उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा नियोजित आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले दुवै जना वडा अध्यक्षलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार नियन्त्रणमा लिइएका दुई जनालाई प्रारम्भिक बयानको कार्य अघि बढाइएको छ।
यता, घटनामा संलग्न अन्य सबैलाई पक्राउ गरी कारबाहीको माग गर्दै बिहीबार बिहानदेखि सिमराका युवाहरू सडकमा उत्रिएका छन्। यसबाट सिमरा बजार क्षेत्र पुनः तनावग्रस्त बनेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराले सिमरामा बाक्लो संख्यामा प्रहरी तैनाथ गरेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
