गत कात्तिक २७ मा उकालोले 'प्रधानमन्त्रीले भ्रष्टाचार रोक्न चाहे सतर्कता केन्द्र नै काफी छ' भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
काठमाडाैँ– प्रधानमन्त्री सुशीला कार्कीले सुशासनको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाउने विषयमा छलफल गरेकी छन्।
केन्द्रलाई सक्रिय बनाउने विषयमा सोमबार छलफल भएको प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ। कात्तिक २७ मा उकालोले 'प्रधानमन्त्रीले भ्रष्टाचार रोक्न चाहे सतर्कता केन्द्र नै काफी छ' भन्ने शीर्षकमा समाचार प्रकाशित नै गरेको थियो।
“जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रूपमा काम गर्नुपर्ने हुन्छ,” प्रधानमन्त्रीले उल्लेख गरेकी छन्। त्यस्तै छलफलपछि राष्ट्रिय सतर्कता केन्द्रलाई ४ बुँदे निर्देशन समेत दिइएको छ।
सार्वजनिक निकायहरूबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका थप प्रभावकारी बनाउन र भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्न भनिएको छ।
सार्वजनिक निकायहरूबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढावा दिन पनि प्रधानमन्त्रीले निर्देशन दिएकी छन्। त्यस्तै, केन्द्रका निर्देशन पालना भए–नभएको पनि अनुगमन गर्न भनिएको छ।
विकास निर्माणका योजनाहरूमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागतमा काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा सतर्कता केन्द्रको ध्यान नपुगेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्न निर्देशन दिएकी छन्।
साथै, प्रधानमन्त्री कार्कीले आम नागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउन पनि भनेकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
