कुमारी घरबाट चोरी भएको तोरण २६ वर्षपछि कुमारी घरमै पुनर्स्थापना गरिएको छ। अब यसको संरक्षण समुदाय र स्थानीय निकायको समन्वयमा हुनेछ।
काठमाडौँ– काठमाडौँको बसन्तपुरस्थित कुमारी छेँ (घर)बाट २०५६ सालमा चोरी भएको एउटा तोरण पुनः सोही स्थानमा राखिएको छ। १७/१८औँ शताब्दीको यो ऐतिहासिक तोरण शुक्रबार एक औपचारिक समारोहमार्फत यथास्थानमा पुनर्स्थापना गरिएको हो। तोरण फिर्ता भएपछि स्थानीय खुशी भएका छन्।
“साँझको समयमा आएका ३/४ जनाको समूहले तोरण मर्मत गर्न भन्दै झुक्क्याएर लगेका रहेछन्,” शाक्य कुमारी घरका संरक्षकसमेत रहेका स्थानीय गौतमरत्न शाक्यले भने, “कुमारी घरबाट चोरी भएका अन्य तोरण पनि यस्तै रूपमा फर्किने आशा छ।”
पुनर्स्थापना भएको तोरण कुमारी घरको मुख्य ढोकाबाट देब्रेतर्फ रहेको झ्यालमाथिको तोरण हो। तोरण हराएको ३ वर्षपछि उस्तै प्रतिकृति (रेप्लिका) राखिएको थियो। सो प्रतिकृति कुमारी घरकै संरक्षणमा रहनेछ। यो तोरण बेलायतको बारकाट ग्यालरीमा फेला परेको थियो। बेलायतस्थित नेपाली दूतावासमार्फत २०७८ सालमा नेपालमा फिर्ता भएको थियो। त्यसपश्चात् राष्ट्रिय संग्रहालयमा छाउनीमा राखिएको थियो।
काठमाडौँ महानगरपालिका–२३ का वडाध्यक्ष मचाराजा महर्जन सम्पदा पुनर्स्थापना अन्य बाँकी रहेका सम्पदाको पुनर्स्थापनाका लागि उदाहरण बनेको बताउँछन्। “तुलनात्मक रूपमा हेर्दा पहिलेजस्तो सजिलै चोरी हुनसक्ने वातावरण छैन। अब त समुदाय नै यसको संरक्षणमा अग्रसर छन्,” अध्यक्ष महर्जन भन्छन्, “वडाले आफ्नो स्तरबाट पनि आवश्यक सुरक्षाको व्यवस्था गरेको छ। यद्यपि, हाम्रो भरोसमा समुदायसँगै छ।”
एक महिनासम्म निरन्तर छलफलपछि विधिगत प्रक्रिया पूरा गरेर तोरण स्थापना गर्न सफल भएको सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन्। यस्ता सम्पदा कुनै संग्रहालयमा निर्जीव रूपमा राखिनु भन्दा समुदायमा फर्किँदा जीवन्तता पाउने सम्पदा अभियन्तासमेत रहेका अधिवक्ता सञ्जय अधिकारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
