यस्तो रहनेछ मंगलबारको मौसम

कोशीको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको छ। लुम्बिनीको थोरै स्थानमा हुस्सु लागेको छ।

दिउँसो कोशीको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। 

राति पनि देशभरको मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।