ड्रागनफ्रुटबाट वार्षिक १ करोड आम्दानी

मोरङ- मिहिनेत गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् मोरङ सुनवर्सी नगरपालिका–१ का गणेश राई। कोभिडको पहिलो लहरमा भएको लकडाउनपछि निमार्ण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लागेका उनलाई यतिबेला भ्याइनभ्याइ छ। राईले दुई वर्षअघि ठूलो चुनैती मोलेर रु.१ करोड लगानीमा फार्म सञ्चालन थालेका थिए। २०७७ सालमा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेका उनले बिरुवा बेचेर एक वर्षमै लगानीसमेत उठाइसकेका छन्।तीन महिनासम्म १५–२० कामदार लगाएर रोपेको तीन हजार २०० पोल ड्रागनफ्रुटले यतिखेर राम्रै उत्पादन दिएको छ। राईको फार्ममा सायमा रेड सी प्रजाति (रातो फल)को ड्रागनफ्रुट लटरम्मै फलेको छ। दुई वर्ष अगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उनले नसोचेको बताए। राईले आफ्नै तीन बिघा क्षेत्रफलमा रु.१ करोडभन्दा बढीको लगानी गरेका थिए। उक्त ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो। एक पोलबाट वार्षिक १५० केजी फल फल्ने राईको भनाइ छ। स्वादिलो तथा पोषिलो यो फलको बजारममा राम्रै माग छ। वार्षिक ठूलो सङ्ख्यामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ। राईले यो याममा मात्र ११ हजार केजी फल र २८ हजार बिरुवा बेचेका छन्। बजारमा ड्रागनफ्रुटको फलको प्रतिकेजी रु.७५० पर्छ। बिरुवा रु २५० मा बेच्ने गरेका छन्। दैनिक छ जना कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त  राईले एकै याममा १५–१६ पटक फल …

मोरङ- मिहिनेत गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् मोरङ सुनवर्सी नगरपालिका–१ का गणेश राई। कोभिडको पहिलो लहरमा भएको लकडाउनपछि निमार्ण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लागेका उनलाई यतिबेला भ्याइनभ्याइ छ। 



राईले दुई वर्षअघि ठूलो चुनैती मोलेर रु.१ करोड लगानीमा फार्म सञ्चालन थालेका थिए। २०७७ सालमा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेका उनले बिरुवा बेचेर एक वर्षमै लगानीसमेत उठाइसकेका छन्।



तीन महिनासम्म १५–२० कामदार लगाएर रोपेको तीन हजार २०० पोल ड्रागनफ्रुटले यतिखेर राम्रै उत्पादन दिएको छ। राईको फार्ममा सायमा रेड सी प्रजाति (रातो फल)को ड्रागनफ्रुट लटरम्मै फलेको छ। दुई वर्ष अगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उनले नसोचेको बताए। 



राईले आफ्नै तीन बिघा क्षेत्रफलमा रु.१ करोडभन्दा बढीको लगानी गरेका थिए। उक्त ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो। एक पोलबाट वार्षिक १५० केजी फल फल्ने राईको भनाइ छ। 



स्वादिलो तथा पोषिलो यो फलको बजारममा राम्रै माग छ। वार्षिक ठूलो सङ्ख्यामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ। राईले यो याममा मात्र ११ हजार केजी फल र २८ हजार बिरुवा बेचेका छन्। 



बजारमा ड्रागनफ्रुटको फलको प्रतिकेजी रु.७५० पर्छ। बिरुवा रु २५० मा बेच्ने गरेका छन्। दैनिक छ जना कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त  राईले एकै याममा १५–१६ पटक फल दिने गरेको र अझै पाँच हजार केजी फल बेच्ने आशा लिएको बताए। 



यो खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा गर्न सकिन्छ। एकपटक लगानी गर्दा कम्तीमा २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ।