सीआईबीले शुक्रबार दिउँसो साढे २ बजेदेखि राति साढे १० बजेसम्म बैंकको केन्द्रीय कार्यालय अनामनगरमा छापा मरेर दुई दर्जनभन्दा बढी संवेदनशील फाइल नियन्त्रणमा लिएको छ।
काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको मुख्यालयमा छापा मारेको छ। सीआईबीले शुक्रबार दिउँसो साढे २ बजेदेखि राति साढे १० बजेसम्म बैंकको केन्द्रीय कार्यालय अनामनगरमा खानतलासी गर्दै दुई दर्जनभन्दा बढी संवेदनशील फाइल नियन्त्रणमा लिएको छ।
प्रभु समूहका अध्यक्ष तथा प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन माथि भइरहेको विस्तृत अनुसन्धानको क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन माथि समेत संलग्नताको शंका बढेपछि सीआईबीले आकस्मिक रूपमा बैंकमा छापा मारेको हो।
बैंकका एक वरिष्ठ कर्मचारीका अनुसार, सीआईबीको टोली बैंकको मुख्यालयमा पुग्दा त्यहाँ सञ्चालक समितिको बैठक चलिरहेको थियो। सीआईबीको टोली आउँदै छ भन्ने सूचना चुहिएपछि सीईओ शेरचन हतारमा आफ्नो कार्यकक्षमा पुगेका थिए।
केही बेर ढोका बन्द गरी बसेपछि उनले ब्याग बोकेर बाहिर निस्किए र तीव्र गतिमा कार्यालय परिसर छाडेका थिए। सीआईबीको टोली पुगेको करिब पाँच मिनेटअघि नै उनी बैंकबाट निस्किएको ती कर्मचारीले बताए।
सीआईबीका प्रहरी उपरीक्षक (एसपी) निरञ्जन भट्टको नेतृत्वमा २१ सदस्यीय टोलीले बैंकका विभिन्न विभागमा व्यापक खानतलासी गरेको थियो। टोलीले विशेषगरी उकालोले उजागर गरेको प्रभु यूएस र प्रभु बैंकबीचको रेमिट्यान्स सम्झौता, बैंक ग्यारेन्टीसँग सम्बन्धित कागजातहरू, प्रभु म्यानेजमेन्ट र प्रभु हाउजिङका कर्जा फाइलहरू, साथै आन्तरिक सञ्चार अभिलेख र इलेक्ट्रोनिक डेटा नियन्त्रणमा लिएको छ।
ती फाइलहरूमा बैंकका पूर्वअध्यक्ष भट्टचन, सीईओ शेरचन र प्रभु समूहका अन्य कम्पनीहरूबीच भएका वित्तीय कारोबारका विस्तृत विवरणहरू रहेको स्रोतले जनाएको छ।
छानबिनका क्रममा सीआईबीका अधिकारीहरूले बैंकका विभाग प्रमुख, शाखा प्रबन्धक र केही वरिष्ठ कर्मचारीहरूसँग सोधपुछसमेत गरेका थिए।
भट्टचन कार्तिक ११ गतेदेखि सीआईबीको हिरासतमा छन्। उनीमाथि ठगी, आपराधिक विश्वासघात, र नेपाल राष्ट्र बैंक ऐन बमोजिमका कसुरहरू गरेको आरोप लागेको छ।
भट्टचनले आफ्नो व्यवसाय र प्रभाव–दायरा विस्तार गर्न देशभरका सहकारीबाट करिब एक अर्ब रुपैयाँ संकलन गरी प्रभु ग्रुपअन्तर्गत विभिन्न कम्पनीमा लगानी गरेको तथ्य उकालोले गत जेठमा उजागर गरेको थियो।
भट्टचनको स्वामित्व र नेतृत्वमा रहेको प्रभु ग्रुपकै रेमिट्यान्स सेवाप्रदायक ‘प्रभु मनी ट्रान्सफर’ले विदेशबाट नेपालीले पठाउने रकम व्यवस्थापन गर्न ‘सुपर एजेन्ट’का रूपमा ‘प्रभु मेनेजमेन्ट प्रालि’ खडा गरेको थियो।
यस कम्पनीमार्फत देशभर विभिन्नका सहकारी संस्थालाई एजेन्ट बनाएर संकलित ठूलो रकम अन्ततः प्रभु ग्रुपकै विभिन्न व्यवसाय विस्तारमा लगानी गरिएको भेटिएको थियो। प्रभु मेनेजमेन्ट पनि भट्टचनकै संस्थापकत्वमा दर्ता भएको कम्पनी हो। सहकारी ठगी गरेर संकलित रकम दुरुपयोग गरेको यही प्रकरण अहिले भट्टचन पक्राउ पर्नुको एक प्रमुख कारण बनेको छ।
तर भट्टचन समूहको वित्तीय अनियमितता यतिमै सीमित छैन। उकालोको पछिल्लो खोजबिनले थप गम्भीर बेथिति उजागर गरेको छ, भट्टचनले आफै संस्थापक रहेको प्रभु बैंककै ठूलो रकम अपचलन गरेका छन्।
रेमिट्यान्स कारोबारका लागि अमेरिकामा स्थापना गरिएको भट्टचनकै कम्पनी ‘प्रभु यूएस’ले प्रभु बैंकलाई तिर्नुपर्ने औसत ५० लाख अमेरिकी डलर रकम बैंकमा नपठाई अमेरिकामै राखेको देखिएको छ।
बैंकको प्रणाली (सिस्टम) बाट प्राप्त विवरणअनुसार, सन् २०२० को मे महिनादेखि यो रिपोर्ट तयार पार्दासम्म ‘प्रभु यूएस’ले प्रभु बैंकलाई करिब ४८ लाख अमेरिकी डलर (झन्डै ६८ करोड रुपैयाँ) भुक्तानी गर्न बाँकी रहेको देखिन्छ।
सम्बन्धित समाचार:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||




