सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा बागी उम्मेदवारलाई कारबाही गर्ने सहमति भएको छ।
क्यानका अनुसार खनाललाई म्याच रेफ्री विनय कुमारले १ 'डिमेरिट पोइन्ट'सहित म्याच फीको २५ प्रतिशत जरिबाना तोकेका छन्।
अन्तरसरकारी रेडियो टेलिस्कोप निर्माणको प्रारम्भिक चरणको संरचनामा २०० प्याराबोलिक एन्टेना डिसका साथै १ लाख ३१ हजार डाइपोल एन्टेना राखिने छ। यसको आकार ‘क्रिसमस ट्रि’जस्तो हुने छ।
निर्वाचनको मत परिणाम आएसँगै गठन हुने प्रतिनिधि तथा प्रदेशसभा संसदले राष्ट्रपति र उपराष्ट्रपतिलगायत झण्डै ३ दर्जन पदाधिकारी निर्वाचित गर्नेछ।
सोमबार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ५.१९ अंक, फ्लोट इन्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंक घटेको छ।
रवि लामिछानेले यसअघि दार्चुलामा भएका घटनाको स्मरण गर्दै वर्षौंसम्म भारतसँग निरीह हुनुको कारण के होला भन्दै सरकारमाथि प्रश्नसमेत गरेका छन्।
महिलाले अनिवार्य रूपमा हिजाब लगाउनुपर्ने कानूनसम्बन्धमा पनि संसद्ले विचार गर्ने इरानका महान्यायाधिवक्ता मोहम्मद जफर मोन्ताजेरीको भनाइ छ।
कीर्तिपुर मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो। लुम्बिनीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले ४ विकेट गुमाउँदै २१ ओभरमा पूरा गरेको थियो।
सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले बढेर ९९ हजार नौ सय रुपैयाँ पुगेकाे छ।
जाभा टापुको पश्चिमी क्षेत्रमा गएका शृंखलाबद्ध भूकम्पपछि त्यहाँ पुनः ज्वालामुखी विस्फोट भएको हो। यसअघि गतवर्ष सोही स्थानमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको थियो।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जित्दै कांग्रेस पहिलो दल बनेकाे छ। दाेस्राे भएकाे एमालेले ४४ सिट जितेकाे छ।
चीनको चिया र फ्रान्सको रोटी बनाउन विशेष ज्ञान, सीप र अभ्यासको आवश्यकता पर्छ। यी खानेकुरा परम्पराकै रूपमा विकसित भएकाले संरक्षणका लागि युनेस्कोको सूचीमा सूचीकृत गरिएको हो।
स्टेडियम ९७४ मा सोमबार दक्षिण कोरियाविरुद्ध जित निकाल्दै ब्राजिल कीर्तिमानी छैटौँ विश्वकपको उपाधि होड कायम राख्न चाहन्छ। काेरिया भने ब्राजिललाई राेक्ने लक्ष्यमा छ।
दोलखाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बालकृष्ण शिवाकाेटीलाई पराजित गर्दै माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।
सुकुमबासी आन्दोलित
काठमाडौँ– काठमाडौँ थापाथलीस्थित बागमती किनारामा बसेका सुकुमबासीहरूले विभिन्न माग राखी माइतीघर मण्डलमा भेला भई र्यालीसहित नयाँ बानेश्वरमा पुगी धर्ना दिएका छन्। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आह्वानमा प्रदर्शन गरिएको हो। काठमाडौँ महानगरपालिकाको भूमिहीन, सुकुमबासीमाथि दमनकारी शैलीले आफूहरूमा त्रास फैलिएको उनीहरूको भनाइ छ। उनीहरूले सुकुमबासी व्यवस्थापनको सवालमा आपसी समझदारी, वार्ता र छलफलको माध्यमबाट सदाका लागि समाधान खोज्न अनुरोध गरेका छन्। त्यस्तै, भूमि अभियन्तामाथिको जाहेरी फिर्ता लिन पनि उनीहरूले माग गरेका छन्। उनीहरूले \'हाम्रो मानवअधिकार खोइ?\', \'उठीबासको त्रास कहिलेसम्म?\', \'लालपुर्जा विहीनताको अवस्था कहिलेसम्म?\' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलित बनेका थिए।
भारतले दार्चुलास्थित महाकाली नदीमा नेपालतर्फ पानी पठाइ तटबन्ध बनाउन खोजेपछि दुवैपक्षबीच ढुंगा हानाहान भएको छ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ।
कतारमा जारी विश्वकप फुटबलकाे प्रि-क्वार्टरफाइनल अन्तर्गत् साेमबार दक्षिण कोरियाविरुद्धकाे खेलबाट ब्राजिलका स्टार फरवार्ड नेयमार मैदान फर्किने भएका छन्।
कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पूर्व विजेताहरू इङ्ल्यान्ड र फ्रान्स भिड्ने भएका छन्।
साविक विजेता फ्रान्स पाेल्यान्डलाई ३–१ गाेलअन्तरले पराजित गर्दै कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।