चीनका विभिन्न शहरमा कोरोना भाइरस संक्रकण रोक्नका लागि सरकारले लागू गरेका कडा नियमका विरुद्धमा प्रदर्शन गरिएको छ।
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा गठबन्धन पूर्णतः सफल भएको निष्कर्ष निकालेको छ। त्यस्तै, निर्वाचनमा भएको विजय तथा पराजयको समीक्षा गरिने माओवादी केन्द्रले जनाएको छ।
लुकाकुबिना नै खेलमा उत्रिएको बेल्जियमलाई समूह चरणको खेल जित्नैपर्ने चुनौती हुनेछ। चोटबाट भर्खरै तंग्रिन लागेका लुकाकु प्रशिक्षणमा भएपनि मोरक्कोविरुद्धको खेल खेल्ने छैनन्।
गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको परिणामपछि गठबन्धनकै सरकार बन्ने बताएका छन्। सत्ता गठबन्धनले बहुमत ल्याउने दाबी गर्दै उनले ५ वर्ष गठबन्धनकै सरकार रहने बताए।
खुलामञ्चको संरक्षणका लागि ‘अकुपाई टुँडिखेल’ अभियानले काठमाडाैँ–२८ का वडाध्यक्ष भाइराम खड्गीलाई ध्यानाकर्षणपत्र बुझाएको छ।
स्थानीय निर्वाचनमा हार बेहोरेपछि ताइवानकी राष्ट्रपतिसमेत रहेकी साई इन वेनले पार्टी अध्यक्षबाट राजीनामा दिएकी छन्। उनले हारको जिम्मा लिँदै राजीनामा दिएकी हुन्।
सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई जनता समाजवादी पार्टीका अशोककुमार राईले चार मतले पछि पारेका छन्।
कांग्रेस र एमाले कार्यकर्ताले एक अर्कालाई बुथ कब्जा गरी फर्जी मत खसाएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी हालेपछि बाजुरामा मतगणना अनिश्चित बनेको छ।
फिफा विश्वकप फुटबलमा आइतबार समूह चरणअन्तर्गत समूह ‘इ’ र ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन्।
लैंगिक हिंसा
महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा \'लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट\' आयोजना गरिएको छ। माइतीघर मण्डलमा कलाकारहरूले नाटक प्रदर्शन गरेका हुन्। आभा फर क्रियटिभिटी समूहले \"निर्दोष पक्षी\" नामक उक्त नाटक देखाएको हुन्। तस्वीरहरू : अमित मचामसी
प्रतिनिधिसभातर्फ परिणाम आउन बाँकी नौमध्ये कांग्रेस तीन क्षेत्रमा अगाडि छ। दुईक्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। तीन क्षेत्रमा मतगणना हुन सकेकाे छैन।
बेल विवाह
भक्तपुर ८ चसुखेलस्थित चण्डेश्वरी मन्दिर परिसरमा आइतबार सामूहिक बेल विवाह भएको छ। नेवार समुदायमा महिलाको रजस्वला हुनुअघि गरिने कर्मलाई ‘ईहि’ अर्थात् ‘बेल विवाह’ भनिन्छ। यसमा ५ देखि ७ वर्षका नेवार समुदायका बालिकाको ‘बेल’सँग विवाह गराइदिने परम्परा छ। प्रचलित जनविश्वासमा ‘बेल’ लाई भगवान् विष्णुको प्रतीकका रूपमा लिइन्छ। विष्णुसँगको विवाह भएका कारण श्रीमान् बिने पनि कसैले विधवा हुननपर्ने जनश्रुति छ। यद्यपि, कतिपय संस्कृतिविद्ले भने फरक तर्क दिएका छन्। ‘बेल’ लाई अवश्नीकुमारको प्रतीक मानी ‘कन्यादान’ दिएमा अखण्ड सौभाग्य प्राप्ति हुने संस्कृतिविद्ले जनाउँदै आएका छन्। तस्वीरहरू : अमित मचामसी
फरवार्ड काइलियन एम्बाप्पेको दुई गोल प्रेरित फ्रान्स एक खेल बाँकी छदै कतार विश्वकपको अन्तिम १६ मा पुगेको छ।
रामेछापमा एमालेका कौशलप्रसाद ढुङ्गेललाई पराजित गर्दै कांग्रेसका कान्छाराम तामाङ विजयी भएका छन्।
धनुषा–१ बाट माओवादी केन्द्रका मातृका यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी भएका छन्।
महोत्तरी–१ मा माओवादी उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमाले उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।
कतार विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको छ।
इलाम–२ बाट कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका छन्।
हामी हाम्रा वाचा भुल्ने छैनौँ। क्रमशः काम गरेर देखाउने छौँ। तर, यसका लागि समय लाग्छ। कुनै पनि राम्रो काम गर्न देशमा एक किसिमको विद्रोह गर्नै पर्छ। विद्रोहमा सबैको साथ हुन आवश्यक पनि छ।
कतारमा जारी विश्वकपमा शनिबार राति सम्पन्न खेलमा पोल्यान्डले साउदी अरबलाई पराजित गरेको छ।