वासिमको तीव्र गतिको बलिङका कारण जिम्बावेलाई १२९ रनमा मात्रै सीमित गरेपछि पाकिस्तानले सहजै लक्ष्य हासिल गर्ने अनुमान गरिएको थियो। यद्यपि, पाकिस्तान खेलमा निकै कमजोर देखियो।
जलवायु परिवर्तनको प्रभावले संक्रामक रोग बढेको र नयाँ रोगको उत्पत्ति तथा महामारीको जोखिम पनि बढेको एक अध्ययन प्रतिवेदनले जनाएको छ।
निर्वाचन आयोगले आचारसंहिता उल्लघंन गरेको भेटिए विद्युतीय माध्यमका साथै लिखित, मौखिक र टेलिफोनबाट समेत उजुरी गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।
जोशीको सम्झना
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा वाङ्ममय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १३औं पुण्य स्मृतिका दिन शोकसभा आयोजना गरिएको छ। शोकसभा ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरको प्राङ्गण गरिएको थियो। जोशीको १०३ वर्षको उमेरमा असोज ३० गते निधन भयो। तस्वीरहरू: अमित मचामसी/उकालो
आगामी साता देशका उच्च हिमाली भूभागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै, केही स्थानमा छिटपुटदेखि हलुका वर्षाको सम्भावना समेत रहेको छ।
एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर डिल क्लोज गरेसँगै कम्पनीका सीइओसहित ४ जना उच्च पदस्थ कर्मचारीलाई बर्खास्त गरेका हुन्।
सरकारले यसपटक तिहारमा ५ दिन सार्वजनिक बिदा दिएको छ। कात्तिक ७ गतेदेखि दिइएको बिदा शुक्रबारसम्म कायम रहेको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बिहीबार ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका हुन्।
हेटौँटा उपमहानरपालिकाका दुईवटा वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार टिसिएनरोडस्थित एक होटलमा विद्युत् सर्ट भएर आगलागी भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्।
तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो।
चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरूलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले जनाएका छन्।
एमाले अध्यक्ष ओलीले हरेक चाडपर्वको महत्त्व फरक-फरक हुने बताए। उनले नेपाली चाडपर्व महत्त्वपूर्ण र विशेषताले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गरे।
अध्यक्ष ओलीले नेपाली चाडपर्व महत्त्वपूर्ण र विशेषताले भरिएको बताए। उनले यसको संरक्षणमा जुट्न पनि आह्वान गरे।
भाइटीका
आफ्ना दिदी–बहिनी तथा दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन्। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्। तस्वीरः अमित मचामसी/उकालो
महाशाखाका अनुसार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सरकारहरूले जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन्।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाइ मनाइने भाइटिकाले दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्ति हुने जनविश्वास छ। भाइटिकाको उत्तम साइन ११:३७ मा भएपनि दिनैभर टीका लाउन सकिने छ।
रुस र युक्रेनबीच जारी युद्धको असर युरोपभर नै देखिएको छ। युरोपका कतिपय देशले मुद्रास्फीति भोगिरहेका छन् भने ऊर्जा संकटको सम्भावना उच्च छ।