काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
फूलैफूल
काठमाडौँको इचागुका किसान सयपत्री फूल टिप्न व्यस्त छन्। फूल र झिलिमिलीको पर्व तिहारलाई लक्षित गरेर किसानहरूले फूल टिप्ने र माला उन्ने गरिरहेका हुन्। दीपावलीमा घरलाई सजाउन फूलको खपत धेरै हुने गर्छ। तस्वीरहरू: अमित मचामसी
आज शनिबार, दिनको अन्त्यसम्ममा देशभरी के कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौं।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा शनिबार वसन्तपुरस्थित दश अवतार मन्दिरको डबलीमा नेवा देय् दबुको संयोजकत्वमा श्रद्धाञ्जलिसभा गरिएको छ।
काठमाडौँमा अस्वस्थ्यकर तरिकाले कुखुराको मासु ढुवानी गर्ने गरेको भेटिएको छ। काठमाडौँ महानरपालिकाले अनुगमनका क्रममा जिउँदो कुखुरा ढुवानी गर्ने गाडीमा काटेको मासु ढुवानी गर्दै गरेको भेटाएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पक्षमा नबोल्ने नेताहरूले टिकट नदिएको स्पष्ट पारेका छन्। उनले आगामी दिनमा योग्यता, क्षमता र योगदानका आधारमा हरेकलाई अवसर दिने बताए।
चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को महाधिवेशन चलिरहँदा चिनियाँ पूर्वराष्ट्रपति हु जिन्ताओ बैठकबाट निकालिएका छन्।
अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन्।
बेलायतको प्रधानमन्त्रीको दौडमा पूर्वप्रधानमन्त्री बोरिस जोनसन, ऋषि सुनाक र बेलायती हाउस अफ कमन्सकी सभामुख पेनी मरडन्ट छन्।
न्युजिल्यान्डले अस्ट्रेलियामा सफलताको स्वाद चाख्न नपाएको एक दशकभन्दा बढी भइसकेको छ।
हामीले शुरू गरेको अभ्यास तथा संकल्प गरेको पत्रकारिताले आमसञ्चारका स्थापित मूल्य र मान्यता अंगीकार गर्दै देश र नागरिकले भोगिरहेका यावत समस्यासँग जुध्ने कोशिश गर्नेछ।
नेपाल प्रहरीले तिहारमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनविरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।
सत्ता गठबन्धनका तर्फबाट रूपन्देही- २ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज भएको छ।
निर्वाचन आयोग र आयोगका पदाधिकारीप्रति लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै दलका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आयोगले कांग्रेस नेता विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ। आगलागीपीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।
पाकिस्तानी निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचनमा भाग लिन आयोग्य ठहर गरेको छ।
बिदाका दिन पनि उम्मेदवारले जारिवानाबापतको रकम बुझाउन सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कार्यालय समयमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा जरिवानाबापतको रकम बुझाउन सकिने छ।
नेकपा माओवादीका अध्यक्ष दाहालले गठबन्धनमा आवद्ध दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात हुने बताएका छन्। उनले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरे आफूले पनि जित्न नसक्ने चेतावनी दिए।
नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङमा नेपाल वायुसेवा निगमको विकल्प खोज्ने भएको छ। निगमका कर्मचारीले आन्दोलन र हड्ताल गर्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिम बढेको प्राधिकरणको भनाइ छ।