मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्यक्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर गरेर पक्रिया अगाडि बढाएको बताएका छन्।
निर्वाचन आयोगले आगामी मसिर ४ गते हुने निर्वाचनका लागि स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा जुलुस, आमसभा वा भेला गर्न रोक लगाएको छ।
विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिदै गएपछि घरहरू जीर्ण अवस्थामा पुगेका छन् भने विद्यालयमा पनि विद्यार्थी अभाव हुन थालेको छ।
स्वास्थ्य केन्द्रको संगठन संरचनामा असमान भएको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। उनीहरूले तत्काल माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
नासाले डार्ट मिसनअन्तर्गत एक क्षुद्रग्रहसँग एक यानलाई सफलतापूर्वक ठोक्काएको छ। कुनै ग्रह पृथ्वीसँग ठोकिन आए प्रतिरक्षा गर्न परीक्षण गरिएको नासाले जनाएको छ।
‘रसिया र चीनबाट फैलिएको मिथ्या सूचनालाई प्रतिवाद’ गर्न कार्यवहाक सहायक विदेशमन्त्री ट्रुडोले नेपाललगायत देशको भ्रमण गर्न लागेकी हुन्।
काठमाडौं महानगरपालिकाका भित्री बजारमा उपप्रमुख सुनिता डंगोल नेतृत्वको टोलीले दशैँलक्षित बजार अनुगमन गरेको छ। दशैँपछि पनि अनुगमनलाई निरन्तरता दिइने उनले बताइन्।
काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलको नेतृत्वको टोलीले महानगरभित्रका पसलमा सामानको बिल, रजिटस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको छ।
निर्वाचन आयोगले सिराहा क्षेत्र नम्बर २ र सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत फेरेको छ।
मनास्लु हिमपहिरोमा परेर घाइते भएका सबै १३ जनाको उद्दार भएको छ। मृत्यु भएका एक जनाको शव भने आधार शिवरमा राखिएको छ।
सात दशकअघि नै केन्द्रमा पुगेका शक्तिराष्ट्रहरूले भने अन्तर्राष्ट्रिय संस्थामा सुधार तथा परिवर्तन गर्ने कुरा अस्वीकार गरेका छन्।
बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट किरण चेम्जोङले नेपाली टोलीको कप्तानमा पुनरागमन गर्ने भएका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले देशको अहिलेको स्रोतका आधारमा पूर्व-पश्चिम रेलमार्ग निर्माण गर्न नसकिने बताएका छन्।
मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ। घटनास्थल क्षेत्रमा निरन्तर रूपमा लागिरहेको कुहिरोले उद्दार प्रभावित भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म डेंगी संक्रमितको संख्या २५ हजार ५४३ पुगेको छ भने ३२ जनाको ज्यान गएको छ।
मनास्लु आधारशिविरमा हिमपहिरो गएको छ। आरोहण तथा पदयात्राका लागि सो क्षेत्रतर्फ ४०० पर्यटक गएका थिए।
विजया दशमीको पहिलो दिन घटस्थापनामा काठमाडौँ हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ। घटस्थापनाको शुभ साइत १०ः२३ बजे जमरा राखिएको हो।
नवरात्रको पहिलो दिन सोमबार हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ।
संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाहका लागि सरकारले स्वास्थ्य मन्त्रालयमार्फत नर्स उपलब्ध गराउने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सेना परिचालनको अनुमति दिएकी छन्।