AnonymousUser

Logout

पहिरोमा परेकी विदेशी महिला पर्यटक ४ दिनदेखि बेपत्ता

मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा परेकी एक विदेशी महिला पर्यटकलाई चार दिनसम्म पनि फेला पर्न सकिएको छैनन्।

जेन-जी आन्दोलनका ४५ मृतकलाई शहीद घोषणा गर्ने निर्णय

सरकारले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

रोल्वालिङ क्षेत्रमा हिमपहिरो, ३ जनाको मृत्यु

सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ।

डेडिकेटेड र ट्रंकलाइन विवाद : एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव

महासंघले महसुल बक्यौता बुझाउने गरी दिइएको २८ किस्ताको सुविधाअन्तर्गतको एक किस्ता बराबरको रकमलाई विवादित मानी धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युत् लाइन जोड्ने प्रस्ताव अघि सारेको छ।

वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ४३ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।

छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मूर्ति पुनर्स्थापित

विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति पुनर्स्थापित गरिएको छ।

जाँचबुझ आयोगको पत्रपछि प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन

जाँचबुझ आयोगको पत्राचारपछि, प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा बढी क्षति भएका क्षेत्रमा खटिएका इन्चार्जहरूलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएको छ।

नेप्से परिसूचक सामान्य अंकले घट्यो, ६ अर्ब बढीको कारोबार

सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा कायम भएको छ भने ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

हाइटेक टनेलमा च्याउखेती गरेर वार्षिक १५ लाख आम्दानी गर्दै वीरबहादुर

रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन्। मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उनको भनाइ छ।

बाढीपहिरोले अझै ५ राजमार्ग अवरुद्ध

दुई दिनदेखि अवरुद्ध नवलपरासी पूर्वस्थित दाउन्ने सडकखण्ड भने दुईतर्फी सुचारु भइसकेको छ।

कृष्णसार हेर्न जाने कि खैरापुर (तस्वीरहरू)

कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ। आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने पनि गर्छ।

अफगानिस्तानमा फेरि गयो शक्तिशाली भूकम्प

सोमबार बिहान देशको उत्तरी भागमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो। त्यस क्षेत्रमा लगभग पाँच लाख २३ हजार जनसंख्या छ।

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

राहदानी पुस्तिकाको सीमित संख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ।

महिला एकदिवसीय विश्वकपको च्याम्पियन बन्यो भारत

मुम्बईको डीवाई पाटिल रंगशालामा आइतबार सम्पन्न खेलमा भारतीय टोलीले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गरेको हो।

पश्चिमी वायुको प्रभाव कायमै

कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

अक्टोबरमा भित्रिए एक लाख २८ हजार पर्यटक

गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३.३ प्रतिशत बढी पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

पेट्रोलियम पदार्थ अवैध रूपमा बेच्दै गर्दा ट्यांकर चालकसहित ४ जना पक्राउ

पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले ट्यांकर चालकसहित चार जनालाई पक्राउ गरेको छ।

८ वामपन्थी दलबीच एकता सहमति, बुधबार संयुक्त सम्मेलन गरी घोषणा गर्ने

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ वामपन्थी दलबीच एकता सहमति भएको छ। यी दलहरूले कात्तिक १९ गते (बुधबार) संयुक्त सम्मेलन गरी पार्टी एकता घोषणा गर्ने भएका छन्।

निर्वाचनको वातावरण निर्माणमा संघ सरकारसँग सहकार्य गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

मुख्यमन्त्रीहरूले शान्ति सुरक्षाको विषय निर्वाचनको प्रमुख चुनौती रहेकाले यसमा गम्भीरताका साथ लाग्नुपर्ने धारणा राखेका थिए।

गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले नदीजन्य पदार्थको राजस्व हिनामिना गरेको आरोपमा गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।