AnonymousUser

Logout

हुम्लामा ताल फुटेर आएको बाढीपछि तीलगाउँका स्थानीय त्रिपालमा 

प्रजिअ पाण्डेयले भने 'अब फेरि बाढी आउँछ कि आउँदैन भन्नेबारे सबैलाई चासो र चिन्ता छ। त्यसबारे थप अध्ययन गरेर आश्वस्त पार्न हामी गृहमन्त्रालयसँग निरन्तर छलफलमा छाैँ'

अमेरिकी पूर्वराष्ट्रपति बाइडेन प्रोस्टेट क्यान्सरबाट पीडित

८२ वर्षीय बाइडेनको स्वास्थ्य अवस्थाबारे उनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, उनी उच्चग्रेडको प्रोस्टेट क्यान्सरबाट पीडित भएका हुन्।

च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित

भिल्लारियालको जितले उसलाई २०२२ पछि पहिलोपटक च्याम्पियन्स लिगमा पुनरागमन गराएको छ।

वुमेन्स एफए कप: चेल्सीले जित्यो उपाधि

वुमेन्स एफए कपमा म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै चेल्सीले उपाधि हात पारेको हो।

देशका विभन्न भागमा मेघगर्जनसहित चट्याङको सम्भावना

मधेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

हुम्लाको तिलगाउँमा पहिरो, १८ घरपरिवारलाई सारियो सुरक्षित स्थानमा

पहिरोका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका १८ घरपरिवार उच्च जोखिममा परेका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकार छनोट प्रक्रियाको सूचना उपलब्ध गराउन माग

पत्रमा उम्मेदवारले संक्रमणकालीन न्यायबारे प्रस्तुत गरेका धारणा या भिजनसम्बन्धी विवरण, छनोट तथा सिफारिस प्रक्रियामा द्वन्द्वपीडितसँग छलफल र परामर्श नगर्नुको आधार–कारण उपलब्ध गराउन पनि माग गरिएको छ।

कस्तो छ विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन?

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ। 

सिरहामा लागुऔषध कारोबार र अवैध रकम ओसारपसारमा संलग्न ५ जना पक्राउ

लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना सिरहाका विभिन्न स्थानबाट पक्राउ परेका छन्।

गाजामा इजरायली हमलाबाट मृतकको संख्या १०० नाघ्यो

गाजामा इजरायली आक्रमण हुँदा कम्तिमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन्।

नेप्से परिसूचक २.७९ अंकले घट्यो, साढे ८ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा कायम भएको छ।

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

सहयोग र बजेट कटौतीका बाबजुद नेपालले आन्तरिक स्रोतबाट लगानी बढाउने प्रयास गरेको तर घट्दो स्वास्थ्य बजेट चुनौतीका रूपमा रहेको मन्त्री पौडेलको भनाइ छ।

बागमतीका निलम्बित मेयर भरत थापाविरुद्ध चौथो मुद्दा, मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री पनि प्रतिवादी

अख्तियारले बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासँगै मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमारलाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

जलवायुजन्य विपद्लाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानलाई प्रवर्द्धन गर्ने आह्वानमा उल्लेख छ।

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

इजरायली सेनाले शनिबार १९ महिनाभन्दा बढीको युद्धपछि हमास लडाकुहरूलाई परास्त गर्न गाजाभर आफ्नो अपरेसन तीव्र पारिरहेको घोषणा गरेको थियो।

विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न सांसदरूको माग

सांसदहरूले काभ्रेपलान्चोकमा विद्युत् जडानका क्रममा उमेश परियारको करेन्ट लागेर मृत्यु भएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन्। 

रुस–युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग वार्ता गर्ने ट्रम्पको घोषणा

इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेन–रुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए।

पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।

क्रिस्टल प्यालेसलाई पहिलो पटक एफए कपको उपाधि

शनिबार म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै प्यालेस च्याम्पियन बनेको हो। यससँगै सिटी यो सिजन ट्रफीविहीन बनेको छ।

छेपेटारमा भेटिएको भग्नावशेष सत्रौँ शताब्दीको हुन सक्ने पुरातत्त्वको अनुमान

पुरातत्त्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले गोरखाको छेपेटारमा नौ दिन लगाएर गरेको उत्खननका क्रममा भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको छ।