काठमाडौँसहित सात जिल्लामा भएका आगलागीका घटनामा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
अधिकारकर्मीले संक्रमणकालीन न्याय आयोगका अध्यक्षको श्रेष्ठसूचीप्रति द्वन्द्वपीडितले आपत्ति जनाइसको अवस्थामा उनीहरूको नेतृत्वमा गठन हुने आयोग पनि विश्वसनीय नहुने भन्दै सूची सच्याउन माग गरेका छन्।
कुनै बेला प्रतिकिलो ६०० रुपैयाँभन्दा माथि कारोबार भएको किवी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरूको भनाइ छ। उनीहरूले किवीका बोट उखेलेर अलैँची लगाउने तयारी गरेका छन्।
अख्तियारले उमेर ढाँटी लाभ लिएको आरोपमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।
सोमबार नेप्से परिसूचक १२.८७ अंकले घटेर २६७६.१२ को विन्दुमा सीमित भएको छ।
दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै उनीमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ।
अधिकारीहरूका अनुसार ‘विजडम’ र उनको भाले साथी ‘अकेकामाई’ सन् २००६ देखि प्रशान्त महासागरको एटोलमा सँगै बस्थे। विजडमलाई पहिलो पटक सन् १९५६ मा वयस्कको रूपमा रेकर्ड गरिएको थियो।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन्।
अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न मन्त्री लुलाई आग्रह गरे।
सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ।
विद्रोही समूहले आइतबार राजधानी दमास्कस कब्जा गरेसँगै असद आफ्नो परिवारसहित देश छाडेर भागेका थिए। यसबीच उनी कहाँ गए भन्नेबारे कुनै तथ्य सामने आएको थिएन।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
काठमाडौँ महानगरले लहरेबत्ती व्यवस्थापन कार्यविधिमा व्यावसायिक तथा सार्वजनिक स्थानमा बत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।
पूर्वगृहमन्त्री एवं रास्पवा सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
एनपीएलको आइतबारको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित भएको छ।
मार्तडीमा आइतबार दिउँसो स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा सीमित भएको छ भने सात अर्ब ४६ करोड बराबरको शेयर कारोबार भएको छ।
एनपीएलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ।
शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्टको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको द हेगका नगरप्रमुखले बताएका छन्।
राष्ट्रपति बसर र उनको परिवार सिरियाबाट भागेसँगै विद्रोहीले सिंगो देश कब्जा गरिसकेका छन्। यससँगै सिरियामा करिब ५३ वर्षसम्म रहेको असद परिवारको शासन समाप्त भएको छ।