AnonymousUser

Logout

हमासले रिहा गर्ने बन्धकको सूची सार्वजनिक, छैन विपिनको नाम

इजरायलले पनि रिहा गरिने प्यालेस्टिनी कैदीहरूको नाम अनुमोदन गरेको छ। अबको केही बेरमा हमासले बन्धकहरुलाई छाडेपछि इजरायलले पनि प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्ने बताइएको छ।

गाजाको शान्ति सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुँदै, इजरायल र इरानको अस्वीकार

इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएअनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन्।

आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दै

सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री

किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिए।

देशभर माैसम सफा रहने

सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

त्रिवि जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदन सार्वजनिक

छानबिन समितिले विवरण प्राप्त हुन नसकेको काठमाडौँ उपत्यकाभित्रका अचल सम्पत्ति र उपत्यकाबाहिर रहेका त्रिविका जग्गा तथा अचल सम्पत्तिको खोजबिनका लागि थप अध्ययन गर्नुपर्ने सुझाव पनि दिएको छ।

जेनजी आन्दोलनपछि भागेका ५५४७ कैदीबन्दीको विवरण सार्वजनिक

कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भागेर नफर्किएका कैदीबन्दीको नामावली र विवरण सार्वजनिक गरेको छ।

सर्वोच्च अदालतले मंगलबारबाट रिट दर्ता र सुनुवाइ थाल्ने

सर्वोच्च अदालतले असोज २८ गते (मंगलबार)देखि रिट दर्ता र सुनुवाइ शुरू गर्ने भएको छ।

जाँचबुझ आयोगले माग्यो राजनीतिक दल र व्यक्तिगत सम्पत्ति क्षतिको विवरण

जाँचबुझ आयोगले 'जेनजी' प्रदर्शनका क्रममा राजनीतिक दल, संघसंस्था तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ।

धनुषाका ६ पालिकाका कर्मचारी र शिक्षकले तलब पाएनन्

धनुषा जिल्लाका १८ पालिकामध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षक चाडपर्वको समयमा समेत तलब भत्ता पाउनबाट वञ्चित भएका छन्।

आईसीसी टी२० विश्वकप छनोट: यूएईलाई १ रनले हराउँदै नेपाल विजयी

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको छ।

बन्धक मुक्त भएपछि गाजाका सुरुङ नष्ट गर्ने इजरायलको योजना

इजरायलले बन्धकहरू मुक्त गरिएपछि अमेरिकी सहयोगमा गाजामा हमासका भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना अघि सारेको छ।

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरामाथि भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा थप अनुसन्धान भइरहेको सीआईबीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए।

बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

बेलायतको वेल्सस्थित ब्रेकनमा सञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२५’ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक प्राप्त गरेको छ।

घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार दशैँको घटस्थापनायता आजसम्म काठमाडौँ उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन् भने १८८ जना घाइते भएका छन्।

नेप्से परिसूचक ७८ अंकले घट्यो, ६ अर्ब ७० करोड बढीको कारोबार

आइतबार नेप्से परिसूचक ७८.८३ अंक अर्थात् ३.०५ प्रतिशतले घटेर २५०३.३५ को विन्दुमा पुगेर रोकिएको छ।

अमेरिकी राज्य​​​​​​​ टेनेसीको कारखानामा विस्फोट हुँदा १६ जनाको मृत्यु

अमेरिकी राज्य टेनेसीको बक्सपोर्ट शहरस्थित एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वको कारखानामा शक्तिशाली विस्फोट भएको हो।

'एउटा युग मादल बजाएरै बिताएँ भन्ने लाग्छ' (भिडियोसहित)

मादलकै स्वर र तालमा हराउन सिकेकाले होला, सपनीमा उनी मादलकै वरपर हुने गर्छन्। तर मादलको परख गर्ने वा सिक्न खोज्ने कोही बिपनीमै आइदेओस् भन्ने लाग्छ उनलाई।

केन्याली धावक जोन केलाई नेपालगन्जमा

कमनवेल्थ गेम्स २०१० का स्वर्णपदकधारी केन्याका जोन केलाई धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा यहाँ आएका हुन्।

सुनको मूल्य तोलामा ३ हजारले वृद्धि

आज सुन तोलामा तीन हजारले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ।