AnonymousUser

Logout

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित ३ जना पक्राउ

एयर अरेबियाको विमान चढेर काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यानमारका नागरिक मंगलबार साँझ पक्राउ परेका हुन्।

चितवनमा बसको ठक्करबाट १ जनाको मृत्यु, २ गम्भीर

खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको छ।

च्याम्पियन्स लिग: रियल मड्रिड र म्यानचेस्टर सिटीको हार

लिभरपुलले भने च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै बायर लेभरकुजनलाई ४–० ले पराजित गरेको छ।

कोशी र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी कुवेतबाट पक्राउ

मानव बेचबिखन मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादीलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

छठका लागि सजाइयो कमलपोखरी (तस्वीरहरू)

छठ पूजाका लागि कमलपोखरी झिलिमिली बत्ती राखेर सजाइएको छ।

हसिना शासनकालमा अपहरणमा परेका २०० बांग्लादेशी अझै बेपत्ता

अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ।

गण्डकीका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

उच्च अदालत पाटनले दीपक मनाङेलाई गरेको पाँच वर्ष कैद सजायको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ।

भेरी अस्पतालमा सिकलसेलको उपचार गर्न बेग्लै वार्ड स्थापना हुने

थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट यो समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

६ प्रतिशतले बढ्यो विदेशी पर्यटकको आगमन, भारतीय र चिनियाँ घटे

नेपाल पर्यटन बोर्डका अनुसार भारतीय र चिनियाँ पर्यटक घटेका छन् भने अमेरिकी पर्यटक बढेका छन्।

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। 

नेप्से परिसूचकमा झिनो गिरावट, ४ अर्बको कारोबार

तिहारको बिदापछि खुलेको शेयर बजारमा नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० मा सीमित भएको छ।

जनकपुरमा छठका लागि किनमेल गर्नेको चहलपहल (तस्वीरहरू)

बजारमा छठ पर्वमा आवश्यक पर्ने सरसामान तथा फलफूल किन्नेको चहलपहल बढेको छ।

पाकिस्तानमा ८ महिनादेखि तलब नपाएपछि आन्दोलनमा शिक्षकहरू

एक जना शिक्षकले मार्चयता तलब नपाएको, आफूसँग अन्य कुनै आयस्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका बताए।

पुनर्निर्माण भएपछि सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन

असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्‍याएको थियो। 

वर्षौंदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

गाउँमा रहेका २६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् । कहिलेकाहीँ धारामा पानी नआउँदा एक घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन्।

सिरियास्थित हिजबुल्लाहको गुप्तचर मुख्यालयमा इजरायलको आक्रमण

इरानी एजेन्टसँग काम गरिरहेका आतंककारी कार्यकर्ता पक्राउ गर्न इजरायली सेना सिरियामा प्रवेश गरेका थिए।

प्रतितोला २ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ तोकेको छ। 

सर्लाहीमा पोखरीमा डुबेको कारबाट निकालियो २ जनाको शव

कारमा सवार महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किन सफल भएका थिए। 

कार पोखरीमा डुब्दा सर्लाहीमा २ जना बेपत्ता

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयको पोखरीमा गएर डुबेको थियो।